सिरहा । सिरहाको गोलबजार नगरपालिका-७ चोहर्वास्थित जनता नमुना माध्यमिक विद्यालयमा अध्ययनरत छात्राहरूमाथि यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका शिक्षकमाथि तीन दिनको म्याद थप भएको छ।
सिरहा जिल्ला अदालतले मंगलबार शिक्षक हरि श्रेष्ठमाथि अनुसन्धान गर्न तीन दिनको म्याद थप गरेको हो। प्रहरीले अनुसन्धानका लागि सात दिन माग गरेकोमा पहिलोपटक तीन दिनको म्याद दिएको अदालतले जनाएको छ।
शिक्षक श्रेष्ठमाथि विद्यालयका १० जनाभन्दा बढी नाबालिका छात्राहरूमाथि यौन दुर्व्यवहार गरेको आरोप छ।
यो विषयमा विद्यालयमा पटकपटक गुनासो गर्दा पनि सुनुवाइ नभएपछि विद्यार्थी र अभिभावकले सोमबार विद्यालयमा प्रदर्शन गरेपछि शिक्षक श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।



सम्वन्धित समाचार
सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
बारको शौचालयमा यौनसम्बन्ध राखेको आरोपपछि किशोरी पक्राउ
कांग्रेस इतर समूहको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने
शिक्षा समितिको बैठक आज पनि स्थगित
सार्वजनिक बिदाबारे अध्ययन गर्न कार्यदल गठन-दुई दिने बिदापछि बिदा पुनरावलोकन गरिँदै
स्पेनले उचाल्यो दोस्रो पटक विश्वकप