काठमाडौं । चीनतर्फबाट आएको बाढीका कारण रसुवामा १८ जना बेपत्ता भएका छन् । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोलीले ९ जनाको उद्धार गरेको छ ।
गएराति आएको बाढीले नेपाल–चीन मितेरी पुल, भन्सारसहितका स्थानमा क्षति गरेको छ । सुख्खा बन्दरगाहका ७ वटा इभी गाडी समेत बगेको छ । रसुवागढी हाइड्रोपावरको ड्याम र क्याम्पमा पनि क्षति पुगेको छ ।
सशस्त्र प्रहरीले दिएको विवरण अनुसार सम्पर्कविहीन हुनेहरुको विवरण निम्न छ:
नेपाल प्रहरी
जि.प्र.का. पर्सा दरबन्दी भइ इ.प्र.का. टिमुरे रसुवामा कार्यरत जिल्ला बारा फेटा गा.पा. वडा नं.०१ बस्ने वर्ष २४ को प्र.ज. मुन्ना ठाकुर ।
प्र.चौ. लाङटाङ रसुवा दरबन्दी भइ इ.प्र.का. टिमुरे रसुवामा कार्यरत जिल्ला बझाङ बुंगल न.पा. वडा नं.०९ बस्ने वर्ष २३ को प्र.ज. लोकेन्द्र बोहोरा ।
चाइनिज नागरिकः-
चाइनिज पुरुष नागरिक वर्ष नखुलेको YU YUE
चाइनिज पुरुष नागरिक वर्ष नखुलेको LI HUAQING
चाइनिज पुरुष नागरिक वर्ष नखुलेको YANG CHUAN
चाइनिज पुरुष नागरिक वर्ष नखुलेको YU HAI HANG
चाइनिज पुरुष नागरिक वर्ष नखुलेको YOU XIAO QIU
चाइनिज पुरुष नागरिक वर्ष नखुलेको JOU YONG
नेपाली नागरिकः-
१.जिल्ला बर्दिया बस्ने वर्ष ३६ को जिपन चौधरी
२.ऐ.ऐ. बस्ने वर्ष ३५ को सन्तोष दइत
३. ऐ.ऐ. बस्ने वर्ष २५ को बुद्दीराम थारु
४. ऐ.ऐ. बस्ने वर्ष २४ को लक्ष्मीनारायण थारु
५. ऐ.ऐ. बस्ने वर्ष ३० को सुरेश थारु
६. जिल्ला बाग्लुङ बस्ने वर्ष नखुलेको नरेन्द्र वि.क.
७.जिल्ला सि.पा. घर भएको कन्टेनर डिब्बा चालक वर्ष नखुलेको फुर्वा लामा
८.वतन नखुलेको मिक्चर चालक वर्ष नखुलेकोगोविन्द मोक्तान
९.वतन नखुलेको हाइलक्स चालक वर्ष नखुलेको लोकमान तामाङ
अहिले प्रभावित स्थानमा खोज तथा उद्धार कार्य जारी छ ।



सम्वन्धित समाचार
१८ दिनपछि खुल्यो कृष्णभीरको सडक,
शोक, आक्रोश र प्रश्नको गीत ‘ए नदी, ए हिमाल’
महाधिवेशन एक दिन पनि तलमाथि हुँदैन : गगन थापा
भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण
उद्योगमन्त्रीमा सुनसरी-४ का सांसद दीपक कुमार साह नियुक्त हुँदै
अस्पतालबाट गर्भवती महिला निकालिएकोबारे मन्त्रालयले माग्यो स्पष्टीकरण, छानबिन टोली राजविराज जाँदै