बझाङ। रीड नेपालको आयोजना तथा खप्तड छान्ना गाउँपालिकाको समन्वय अष्ट्रेलियन एड र अष्ट्रेलियन हिमालयन फाउन्डेसनको आर्थिक सहयोगमा एकदिने आँखा शिविर सञ्चालन गरेको छ । उक्त शिविरमा आँखा तथा कानको जाँच गरिएको थियो।
शिविरमा आँखा तथा कानको समस्या भएका विद्यार्थीलाई चेक जाँज गरि दीर्घ कालिन उपचार र सिकाइ वातावरण सहज गर्ने उदेश्यले शिविर संचालन गरिएको हो।
शिविरमा पालिका भित्रका विद्यालयमा अध्यनरत विद्यार्थीको आँखा तथा कानको समस्या भएकाको उपचार गरिएको हो।
उपचार गेटा आँखा अस्पताल शाखा कार्यलय चैनपुर र इम्प्याकट नेपालको विशेषज्ञ टिमले गरेको थियो ।
शिविरमा ६८ जना विद्यार्थीहरुको चेक जाँच र उपचार गरिएको रीड नेपालका शिक्षा विकास संयोजक जनकराज जोशीले बताउनु भयो ।





सम्वन्धित समाचार
१८ दिनपछि खुल्यो कृष्णभीरको सडक,
शोक, आक्रोश र प्रश्नको गीत ‘ए नदी, ए हिमाल’
महाधिवेशन एक दिन पनि तलमाथि हुँदैन : गगन थापा
भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण
उद्योगमन्त्रीमा सुनसरी-४ का सांसद दीपक कुमार साह नियुक्त हुँदै
अस्पतालबाट गर्भवती महिला निकालिएकोबारे मन्त्रालयले माग्यो स्पष्टीकरण, छानबिन टोली राजविराज जाँदै