काठमाडौं । अघिल्लो वर्षको यही समयको तुलनामा यस वर्ष देशको समग्र अर्थतन्त्रले गति लिएको तथ्यांक सार्वजनिक भएको छ ।
नेपाल राष्ट्र बैंकले जारी गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा प्रायः सूचकहरू अघिल्लो सरकारको बेलाको भन्दा सकारात्मक रहेका छन् ।
यस वर्ष मुल्यवृद्धि दर समग्रमा घटेको छ भने विदेशी मुद्रा सञ्चितिदेखि देशको मौज्दात समेत बढेको छ । राष्ट्र बैंकका अनुसार उपभोग्य बस्तुको मूल्य वृद्धिदर २ दशमलब ७७ प्रतिशत रहेको छ । अघिल्लो वर्ष यही समयमा मुल्य वृद्धिदर ४ दशमलब ४० प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।
शहरमा भन्दा गाउँमा महँगी बढेको तथ्यांकले देखाएको छ । सरकारको खातामा ३ खर्ब ६० अर्ब रूपैया मौज्दात वैशाख महिनामा कायम रहेको छ भने सोधनान्तर स्थिति ४३८ अर्ब ५२ करोड रूपैया बचत छ ।
त्यस्तै समग्र आयात १३ प्रतिशत, निर्यात ७३ प्रतिशतले वृद्धि भएको छ । रेमिट्यान्स एक महिनामै १ खर्ब ६५ अर्बको रेकर्ड कायम गर्दै समग्रमा रेमिट्यान्स १३.२ प्रतिशत वृद्धि भएको देखिन्छ ।



सम्वन्धित समाचार
सार्वजनिक बिदाबारे अध्ययन गर्न कार्यदल गठन-दुई दिने बिदापछि बिदा पुनरावलोकन गरिँदै
स्पेनले उचाल्यो दोस्रो पटक विश्वकप
च्याउ खोज्न गएका १४ महिला सम्पर्कविहिन
इरानी आक्रमणमा परेर दुई अमेरिकी सैनिकको मृत्यु, एकजना बेपत्ता
खहरे खोलाको बाढीले बगाउँदा दुई जनाको मृत्यु
एमाले उपाध्यक्ष पौडेल साधरण तारेखमा रिहा