काठमाडौं । अघिल्लो वर्षको यही समयको तुलनामा यस वर्ष देशको समग्र अर्थतन्त्रले गति लिएको तथ्यांक सार्वजनिक भएको छ ।
नेपाल राष्ट्र बैंकले जारी गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा प्रायः सूचकहरू अघिल्लो सरकारको बेलाको भन्दा सकारात्मक रहेका छन् ।
यस वर्ष मुल्यवृद्धि दर समग्रमा घटेको छ भने विदेशी मुद्रा सञ्चितिदेखि देशको मौज्दात समेत बढेको छ । राष्ट्र बैंकका अनुसार उपभोग्य बस्तुको मूल्य वृद्धिदर २ दशमलब ७७ प्रतिशत रहेको छ । अघिल्लो वर्ष यही समयमा मुल्य वृद्धिदर ४ दशमलब ४० प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।
शहरमा भन्दा गाउँमा महँगी बढेको तथ्यांकले देखाएको छ । सरकारको खातामा ३ खर्ब ६० अर्ब रूपैया मौज्दात वैशाख महिनामा कायम रहेको छ भने सोधनान्तर स्थिति ४३८ अर्ब ५२ करोड रूपैया बचत छ ।
त्यस्तै समग्र आयात १३ प्रतिशत, निर्यात ७३ प्रतिशतले वृद्धि भएको छ । रेमिट्यान्स एक महिनामै १ खर्ब ६५ अर्बको रेकर्ड कायम गर्दै समग्रमा रेमिट्यान्स १३.२ प्रतिशत वृद्धि भएको देखिन्छ ।



सम्वन्धित समाचार
प्रतिनिधि सभा निर्वाचनका लागि एमालेले गर्यो दल दर्ता
अन्तरिम सरकारको पहिलो मन्त्रिपरिषद् बैठक जारी
सुविधा नलिने –अर्थमन्त्री हुनुअघि रामेश्वर खनालको शर्त
नवनियुक्त मन्त्रीहरूको शपथ ११ बजे हुने
मन्त्रिपरिषद् विस्तार : कुलमानलाई ऊर्जा, अर्थमा रामेश्वर, गृह मन्त्रालयमा ओमप्रकाशलाई जिम्मेवारी ?
देउवाको पोस्टमा बालेनको कमेन्ट: यो पोस्ट कुन भीपीएनबाट हो