काठमाडौं । प्रतिनिधिसभा बैठक स्थगित भएको छ । सभामुख देवराज घिमिरेले सूचना टाँस गरेर बुधबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन् ।
आज दिउँसो २ बजेका लागि बोलाइएको बैठक ढिलोगरी सुरु भएको थियो । तर, विपक्षीहरूको अवरोधकाबीच बैठक बस्न सकेन ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै विपक्षी दलहरूले संसद् बैठक अवरोध गर्दै आइरहेका छन् ।
निरन्तर छलफल चलिरहँदा पनि सत्ता र प्रतिपक्षबीच संसद् खुलाउनेबारे सहमति भएको छैन ।



सम्वन्धित समाचार
१८ दिनपछि खुल्यो कृष्णभीरको सडक,
शोक, आक्रोश र प्रश्नको गीत ‘ए नदी, ए हिमाल’
चिलिमेको सुरूङमा फसेकाहरू सकुशल हुनसक्ने आशामा जागेको छ– कुलमान घिसिङ
महाधिवेशन एक दिन पनि तलमाथि हुँदैन : गगन थापा
भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण
उद्योगमन्त्रीमा सुनसरी-४ का सांसद दीपक कुमार साह नियुक्त हुँदै