काठमाडौँ । प्रतिनिधिसभाको गतिरोध अन्त्यका लागि सत्तारुढ दल नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बिच छलफल भइरहेको छ ।
सोमबार संसद् भवन नयाँ वानेश्वरमा भइरहेको छलफलमा कांग्रेसका तर्फबाट उपसभापति पूर्णबहादुर खड्का, नेता ज्ञानेन्द्रबहादुर कार्की र प्रमुख सचेतक श्यामकुमार घिमिरे तथा रास्वपाका तर्फबाट उपसभापति डा स्वर्णिम वाग्ले, नेता शिशिर खनाल र प्रमुख सचेतक सन्तोष परियार सहभागी छन् ।
विपक्षीले गृहमन्त्रीले राजीनामा नदिए छानबिन समितिको प्रतिबद्धतासहित आएर सदनमा बोल्न दिनसक्ने बताएका छन्। तर, सत्तापक्षको अडान छ, ‘न गृहमन्त्रीको राजीनामा आउँछ, न छानबिन समिति बन्छ।’
दुवै दलले अडान नछाडेपछि कांग्रेसले विपक्षी सबै दलसँग छलफल गर्दैछ। कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा यसअघि पनि रास्वपासँग बेग्लै छलफल गरेको थियो।
यद्यपि सदन खुलाउन वार्ता सकारात्मक बन्दै गइरहेको दुवै पक्षका नेताहरूले दाबी गरेका छन्।
सदनको अवरोध हटाउन प्रचण्डले शनिवार कांग्रेस सभापति शेरबहादुर देउवासँग बेग्लै छलफल गरेपनि सहमति जुट्न सकेन।



सम्वन्धित समाचार
१८ दिनपछि खुल्यो कृष्णभीरको सडक,
शोक, आक्रोश र प्रश्नको गीत ‘ए नदी, ए हिमाल’
चिलिमेको सुरूङमा फसेकाहरू सकुशल हुनसक्ने आशामा जागेको छ– कुलमान घिसिङ
महाधिवेशन एक दिन पनि तलमाथि हुँदैन : गगन थापा
भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण
उद्योगमन्त्रीमा सुनसरी-४ का सांसद दीपक कुमार साह नियुक्त हुँदै