काठमाडौँ । प्रतिनिधिसभाको गतिरोध अन्त्यका लागि सत्तारुढ दल नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बिच छलफल भइरहेको छ ।
सोमबार संसद् भवन नयाँ वानेश्वरमा भइरहेको छलफलमा कांग्रेसका तर्फबाट उपसभापति पूर्णबहादुर खड्का, नेता ज्ञानेन्द्रबहादुर कार्की र प्रमुख सचेतक श्यामकुमार घिमिरे तथा रास्वपाका तर्फबाट उपसभापति डा स्वर्णिम वाग्ले, नेता शिशिर खनाल र प्रमुख सचेतक सन्तोष परियार सहभागी छन् ।
विपक्षीले गृहमन्त्रीले राजीनामा नदिए छानबिन समितिको प्रतिबद्धतासहित आएर सदनमा बोल्न दिनसक्ने बताएका छन्। तर, सत्तापक्षको अडान छ, ‘न गृहमन्त्रीको राजीनामा आउँछ, न छानबिन समिति बन्छ।’
दुवै दलले अडान नछाडेपछि कांग्रेसले विपक्षी सबै दलसँग छलफल गर्दैछ। कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा यसअघि पनि रास्वपासँग बेग्लै छलफल गरेको थियो।
यद्यपि सदन खुलाउन वार्ता सकारात्मक बन्दै गइरहेको दुवै पक्षका नेताहरूले दाबी गरेका छन्।
सदनको अवरोध हटाउन प्रचण्डले शनिवार कांग्रेस सभापति शेरबहादुर देउवासँग बेग्लै छलफल गरेपनि सहमति जुट्न सकेन।



सम्वन्धित समाचार
कांग्रेस विशेष महाधिवेशनको पक्षमा ६२ प्रतिशत प्रतिनिधिद्वारा हस्ताक्षर
कांग्रेसभित्रको झगडा होइन, विचार र मान्यताको संघर्ष हो: गगन
जसपा नेपाल र लोसपाबीच एकीकरण, अध्यक्ष यादव, संरक्षकमा ठाकुर
गगन-विश्वले गरे विशेष महाधिवेशन उद्घाटन
रास्वपासँग एकता भाँडिएसँगै कुलमान बने उज्यालो नेपाल पार्टीको अध्यक्ष
रुकुम पूर्वबाट चुनाव लड्ने प्रचण्डको घोषणा