काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्ध र जनआन्दोलनबाट प्राप्त उपलब्धिहरूलाई उल्ट्याउने षड्यन्त्र भइरहेको बताएका छन् ।
वाईसीएलको नवनिर्वाचित पदाधिकारीलाई स्वागत गर्दै नेतृत्वको आदेशमा सबै खाले प्रतिगमनविरुद्ध आफूलाई खरो र दह्रो बनाएर प्रस्तुत हुन निर्देशन दिए।
उनले भने, ‘प्रतिक्रियावादी प्रतिगमनकारीहरूले हामीले जनयुद्धबाट प्राप्त उपलब्धिलाई उल्ट्याउन सकिन्छ कि भनेर षड्यन्त्र गरिरहेका छन्। कहीँ न कहीँ जनयुद्ध, माओवादी, युवा, वाईसीएल, जनमुक्ति सेनाको भूमिकालाई अपमानित गर्ने कोसिस भइरहेका छन्।’
‘नवनिर्वाचित तपाईँहरूको पदाधिकारीको टिम पक्कै पनि यो जनरल स्टाफ जस्तै हो। वाईसीएल नेपालको जनरल स्टाफ नै हो यो,’ उनले भने, ‘तपाईँहरूले पार्टीको नेतृत्व आदेशमा सबै खाले प्रतिक्रियावाद र प्रतिगमनका विरुद्ध आफूलाई खरो र दरो साबित गर्नुहुनेछ ।’
प्रचण्डले वाईसीएलको पदाधिकारी ठूलो बने पनि नेतृत्वको केन्द्रीकरण भएको जिकिर गरे । वाईसीएलको ७५ सदस्यीय पदाधिकारी चयन भएको छ।



सम्वन्धित समाचार
कांग्रेस विशेष महाधिवेशनको पक्षमा ६२ प्रतिशत प्रतिनिधिद्वारा हस्ताक्षर
कांग्रेसभित्रको झगडा होइन, विचार र मान्यताको संघर्ष हो: गगन
जसपा नेपाल र लोसपाबीच एकीकरण, अध्यक्ष यादव, संरक्षकमा ठाकुर
गगन-विश्वले गरे विशेष महाधिवेशन उद्घाटन
रास्वपासँग एकता भाँडिएसँगै कुलमान बने उज्यालो नेपाल पार्टीको अध्यक्ष
रुकुम पूर्वबाट चुनाव लड्ने प्रचण्डको घोषणा