बाजुरा। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले आगलागीबाट नष्ट भएको आफ्नै गृहजिल्ला बाजुराको बाम्का बजार क्षेत्रको निरीक्षण गर्नुभएको छ।
आगलागीको जानकारी लगत्तै काठमाडौँबाट बाजुरा जानुभएका मन्त्री पाण्डेले आगलागीबाट क्षति पुगेको बाम्का बजार क्षेत्र स्थलगत अवलोकन गर्नुभएको हो। निरीक्षणका क्रममा उहाँले जलेर ध्वस्त भएका घर, पसललगायत संरचनाको अवस्थाबारे जानकारी लिनुभएको छ।

शुक्रबार बाम्का बजारस्थित नवदुर्गा होटलमा ग्यास सिलिन्डर विस्फोट भई भीषण आगलागी भएको थियो।
आगलागीमा परेर बाम्का बजारका झण्डै ४० वटा पसल पूर्ण रूपमा नष्ट भएका छन्।
स्थानीय बासिन्दाहरूले ठूलो आर्थिक क्षति भएको जनाउँदै सरकारसँग राहत तथा पुनर्निर्माणमा सहयोगको माग गरेका छन्।




सम्वन्धित समाचार
सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
बारको शौचालयमा यौनसम्बन्ध राखेको आरोपपछि किशोरी पक्राउ
कांग्रेस इतर समूहको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने
शिक्षा समितिको बैठक आज पनि स्थगित
सार्वजनिक बिदाबारे अध्ययन गर्न कार्यदल गठन-दुई दिने बिदापछि बिदा पुनरावलोकन गरिँदै
स्पेनले उचाल्यो दोस्रो पटक विश्वकप