विराटनगर । सप्तरीमा डाँका समूहले गोली प्रहार गरी एक जनाको हत्या गरेको छ । एक जना घाइते भएका छन् ।
डाका समूहले घरधनी कन्तलाल चौधरीको गोली हानी हत्या गरेका हुन् । डाकाहरुकै आक्रमणबाट कन्तलालका भाइ रमाकान्त चौधरी घाइते भएका छन् । चौधरीको उपचार अहिले सिरहाको लहानस्थित प्रादेशिक अस्पतालमा भइरहेको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक विरेन्द्र यादवले राति करिब १ बजे ५/७ जनाको समूहमा रहेका डाकाहरुले कान्तालाल चौधरीको हत्या र उनको घरमा लुटपाट गरेको जानकारी दिए । उनका अनुसार डाकाहरुले धारिलो हतियार प्रहार गर्दा चौधरीको घटनास्थलमै मृत्यु भएको छ ।
चौधरीको घरबाट डाकाहरुले ५ तोला सुन, २ केजी चाँदी र नगद ६० हजार रुपैयाँ लुटेर लगेको पनि प्रहरी निरीक्षक यादवले बताए । उनले घटनाबारे थप अनुसन्धान र डाकाहरुको खोजी भइहरेको पनि बताए ।
घटनास्थलमा प्रहरीले नपड्किएको ३ राउन्ड गोली र १ राउण्ड गोलीको खोका समेत फेला पारेको छ ।
प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको जनाएको छ ।



सम्वन्धित समाचार
कांग्रेस विशेष महाधिवेशनको पक्षमा ६२ प्रतिशत प्रतिनिधिद्वारा हस्ताक्षर
कांग्रेसभित्रको झगडा होइन, विचार र मान्यताको संघर्ष हो: गगन
जसपा नेपाल र लोसपाबीच एकीकरण, अध्यक्ष यादव, संरक्षकमा ठाकुर
गगन-विश्वले गरे विशेष महाधिवेशन उद्घाटन
रास्वपासँग एकता भाँडिएसँगै कुलमान बने उज्यालो नेपाल पार्टीको अध्यक्ष
रुकुम पूर्वबाट चुनाव लड्ने प्रचण्डको घोषणा