धनगडी । मदन भण्डारी फाउन्डेसन कैलालीको चौथो जिल्ला अधिवेशन आज धनगढीमा हुने भएको छ।
उक्त अधिवेशनको उद्घाटन नेकपा एमालेका केन्द्रीय सचिव एवं सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले गर्ने छन् भने कार्यक्रमको विशिष्ट अतिथि स्थायी कमिटी सदस्य कर्ण थापा रहने छन् ।
मदन भण्डारीका विचारहरूलाई जनताको कार्यक्रम बनाएर लैजाने र जनता समक्ष स्थापित गर्ने उद्देश्यका साथ स्थापना गरिएको मदन भण्डारी फाउन्डेसन कैलालीको चौथो अधिवेशनको सम्पूर्ण तयारी सकिएको छ ।
कैलाली जिल्लाका १२६ वडाबाट प्रतिनिधि र १७ जना आयोजकहरूको अधिवेशनमा सहभागिता रहने आयोजक समितिका संयोजक रामचन्द्र जोशीले जानकारी दिए।
अधिवेशनले आगामी नेतृत्व चयन गर्ने भएको छ ।



सम्वन्धित समाचार
१८ दिनपछि खुल्यो कृष्णभीरको सडक,
शोक, आक्रोश र प्रश्नको गीत ‘ए नदी, ए हिमाल’
चिलिमेको सुरूङमा फसेकाहरू सकुशल हुनसक्ने आशामा जागेको छ– कुलमान घिसिङ
महाधिवेशन एक दिन पनि तलमाथि हुँदैन : गगन थापा
भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण
उद्योगमन्त्रीमा सुनसरी-४ का सांसद दीपक कुमार साह नियुक्त हुँदै