धनगडी । मदन भण्डारी फाउन्डेसन कैलालीको चौथो जिल्ला अधिवेशन आज धनगढीमा हुने भएको छ।
उक्त अधिवेशनको उद्घाटन नेकपा एमालेका केन्द्रीय सचिव एवं सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले गर्ने छन् भने कार्यक्रमको विशिष्ट अतिथि स्थायी कमिटी सदस्य कर्ण थापा रहने छन् ।
मदन भण्डारीका विचारहरूलाई जनताको कार्यक्रम बनाएर लैजाने र जनता समक्ष स्थापित गर्ने उद्देश्यका साथ स्थापना गरिएको मदन भण्डारी फाउन्डेसन कैलालीको चौथो अधिवेशनको सम्पूर्ण तयारी सकिएको छ ।
कैलाली जिल्लाका १२६ वडाबाट प्रतिनिधि र १७ जना आयोजकहरूको अधिवेशनमा सहभागिता रहने आयोजक समितिका संयोजक रामचन्द्र जोशीले जानकारी दिए।
अधिवेशनले आगामी नेतृत्व चयन गर्ने भएको छ ।



सम्वन्धित समाचार
कांग्रेस विशेष महाधिवेशनको पक्षमा ६२ प्रतिशत प्रतिनिधिद्वारा हस्ताक्षर
कांग्रेसभित्रको झगडा होइन, विचार र मान्यताको संघर्ष हो: गगन
जसपा नेपाल र लोसपाबीच एकीकरण, अध्यक्ष यादव, संरक्षकमा ठाकुर
गगन-विश्वले गरे विशेष महाधिवेशन उद्घाटन
रास्वपासँग एकता भाँडिएसँगै कुलमान बने उज्यालो नेपाल पार्टीको अध्यक्ष
रुकुम पूर्वबाट चुनाव लड्ने प्रचण्डको घोषणा