काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयमा भएको भिजीट भिसा प्रकरणमा मुछिएका सहसचिव तीर्थराज भट्टराईको बयान शुरु गरेको छ ।
जेठ १८ मा उपस्थित हुने शर्तमा उनलाई नियन्त्रणमुक्त गरेको अख्तियारले गत आइतबारदेखि बयान थालेको स्रोतले बताएको छ ।
‘दुई दिनदेखि उहाँलाई आयोगमा उपस्थित गराएर अनौपचारिक सोधपुछ गरी त्यसपछि बयान समेत थालिएको छ’, अख्तियार स्रोतले भन्यो, ‘यसबीचमा उहाँबारे केही प्रमाणसमेत संकलन भएकाले त्यसबारे समेत सोधपुछ सुरु भएको हो ।’
अख्तियार स्रोतका अनुसार, अध्यागमन कार्यालयबाट केही कर्मचारीहरुले मानव तस्करीको काम समेत गरेको खुलेको छ ।
नेपाली महिला कामदारका लागि जोखिमयुक्त मुलुकमा लैजानका लागि भिजिट भिसाको प्रयोग गर्ने क्रममा चर्को रुपमा असुलीको काम भइरहेकोबारे केही सूचना आएको र त्यसबारे समेत अनुसन्धान भइरहेको अख्तियार स्रोतले बतायो ।
सहसचिव भट्टराई यही जेठ ७ गते पक्राउ परेका थिए ।



सम्वन्धित समाचार
ईश्वर पोखरेलले गरे अध्यक्षको उम्मेदवारी घोषणा
प्रतिनिधि सभा निर्वाचनका लागि एमालेले गर्यो दल दर्ता
अन्तरिम सरकारको पहिलो मन्त्रिपरिषद् बैठक जारी
सुविधा नलिने –अर्थमन्त्री हुनुअघि रामेश्वर खनालको शर्त
नवनियुक्त मन्त्रीहरूको शपथ ११ बजे हुने
मन्त्रिपरिषद् विस्तार : कुलमानलाई ऊर्जा, अर्थमा रामेश्वर, गृह मन्त्रालयमा ओमप्रकाशलाई जिम्मेवारी ?