बाजुरा: बाजुराको बडिमालिका नगरपालिकामा कर्मचारी नहुँदा सेवा प्रवाहमा समस्या भएको छ। नगरपालिकाका प्रभक्ता धर्मराज पाध्यायका अनुसार नगरपालिकामा प्रमुख प्रशासकिय अधिकृत छैनन् ।
अन्य कर्मचारीहरु समेत कार्यालयमा नियमित उपस्थित नहुने गरेको बताइएको छ । नगरपालिकामा नियमित उपीथत नहुने कर्मचारी मध्यका सबैभन्दा बढी अनुपस्थित हुने कर्मचारी शिक्षा शाखा अधिकृत रंगमल विक रहेका छन् । शाखा प्रमुख बि.क करिव २ महिना देखी कार्यालयको सम्र्पकमा नरहेको खुलेको छ । अधिकृत बिक मंसिर २७ गते सम्म कार्यालयमा रहेका र त्यस पछि कार्यालयमा अनुपस्थिती रहेका छन ।
उनले कार्यालयमा मसिर २७ गते हाजिर गरेको देखीन्छ २८ गते देखी पौष २८ गते सम्म घरबिदामा बसेको हाजिरमा उल्लेख गरिएको बडिमालिका नगरपालिका श्रोतले बताएको छ। । २०८० बैशाख देखी हाल सम्म सबै भन्द बढि बिदामा बस्ने कर्मचारी मध्य विक पहिलो नम्मरमा रहेको उनको हाजिर रेर्कडले नै देखाउन्छ नगरपालिकाका एक कर्मचारीले भने ।
पौष २८ गते देखी शाखा अधिकृत विक कार्यालयको सम्पर्कमा नरहेको नगरपालिकाले जनाएको छ । नगरपालिकामा एकातिर प्रमुख प्रशासकिय अधिकृत छैनन् अर्कोतिर शाखाका प्रमुखहरुको मनोमानी गर्ने गरेका कारण नगरपालिकाबाट प्रबाह हुने सेवाहरु प्रवाह गर्न समस्या भएको बडिमालिका नगरपालिकाका प्रवक्ता धर्मराज पाध्यायले जानकारी दिएकबा छन् ।
शिक्षा शाखामा दैनिक कामहरु भइरहने भएकोले शाखा प्रमुख नै बिदामा बस्दा शिक्षा सम्बन्धी कामहरुमा समेत समस्या भई रहेको नगरपालिकाले जनाएको छ ।प्रमुख प्रशासकिय अधिकृत नहुदा एकातिर बिकाश निर्माणका कार्यहरुमा समस्या भएको छ भने शाखा अधिकृत नै कार्यालयमा नहुदा शाखाबाट हुने कार्यहरुमा समेत बाधा हुने गरेको उनले बताए ।



सम्वन्धित समाचार
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत लिँदै
सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
बारको शौचालयमा यौनसम्बन्ध राखेको आरोपपछि किशोरी पक्राउ
कांग्रेस इतर समूहको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने
शिक्षा समितिको बैठक आज पनि स्थगित
सार्वजनिक बिदाबारे अध्ययन गर्न कार्यदल गठन-दुई दिने बिदापछि बिदा पुनरावलोकन गरिँदै