बाजुरा: बाजुराको बडिमालिका नगरपालिकामा कर्मचारी नहुँदा सेवा प्रवाहमा समस्या भएको छ। नगरपालिकाका प्रभक्ता धर्मराज पाध्यायका अनुसार नगरपालिकामा प्रमुख प्रशासकिय अधिकृत छैनन् ।
अन्य कर्मचारीहरु समेत कार्यालयमा नियमित उपस्थित नहुने गरेको बताइएको छ । नगरपालिकामा नियमित उपीथत नहुने कर्मचारी मध्यका सबैभन्दा बढी अनुपस्थित हुने कर्मचारी शिक्षा शाखा अधिकृत रंगमल विक रहेका छन् । शाखा प्रमुख बि.क करिव २ महिना देखी कार्यालयको सम्र्पकमा नरहेको खुलेको छ । अधिकृत बिक मंसिर २७ गते सम्म कार्यालयमा रहेका र त्यस पछि कार्यालयमा अनुपस्थिती रहेका छन ।
उनले कार्यालयमा मसिर २७ गते हाजिर गरेको देखीन्छ २८ गते देखी पौष २८ गते सम्म घरबिदामा बसेको हाजिरमा उल्लेख गरिएको बडिमालिका नगरपालिका श्रोतले बताएको छ। । २०८० बैशाख देखी हाल सम्म सबै भन्द बढि बिदामा बस्ने कर्मचारी मध्य विक पहिलो नम्मरमा रहेको उनको हाजिर रेर्कडले नै देखाउन्छ नगरपालिकाका एक कर्मचारीले भने ।
पौष २८ गते देखी शाखा अधिकृत विक कार्यालयको सम्पर्कमा नरहेको नगरपालिकाले जनाएको छ । नगरपालिकामा एकातिर प्रमुख प्रशासकिय अधिकृत छैनन् अर्कोतिर शाखाका प्रमुखहरुको मनोमानी गर्ने गरेका कारण नगरपालिकाबाट प्रबाह हुने सेवाहरु प्रवाह गर्न समस्या भएको बडिमालिका नगरपालिकाका प्रवक्ता धर्मराज पाध्यायले जानकारी दिएकबा छन् ।
शिक्षा शाखामा दैनिक कामहरु भइरहने भएकोले शाखा प्रमुख नै बिदामा बस्दा शिक्षा सम्बन्धी कामहरुमा समेत समस्या भई रहेको नगरपालिकाले जनाएको छ ।प्रमुख प्रशासकिय अधिकृत नहुदा एकातिर बिकाश निर्माणका कार्यहरुमा समस्या भएको छ भने शाखा अधिकृत नै कार्यालयमा नहुदा शाखाबाट हुने कार्यहरुमा समेत बाधा हुने गरेको उनले बताए ।



सम्वन्धित समाचार
चौथोपटक मन्त्रिपरिषद् विस्तार हुँदै
नेकपा एमालेको सचिवालय बैठक बस्दै: विधान संशोधन प्रस्ताव लैजाने तयारी
सेनामा प्राविधिकसहित ३८८ जनाका लागि भर्ना खुल्यो
जेन-जी प्रतिनिधि र सरकारबीच १० बुँदे सहमति
लेक्स नेपालद्वारा नवाेदित कानुन व्यवसायी सम्मानित, ‘सिक्ने–सिकाउने’ संस्कृतिको साझा केन्द्र बन्दै संस्था
एनपीएल: आज दुई खेल हुँदै