काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर २४ स्थित मखन टोलमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ ।
आगलागीमा परी एकजना महिलाको मृत्यु भएको र उनको सनाखत हुन बाँकी रहेको काठमाडौं प्रहरी प्रवक्ता अपिल राज बोहराले जानकारी दिए ।
आगो निभाउन काठमाडौं र ललितपुरका ६ वटा दमकलका साथै नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र महानगर प्रहरी खटिएका छन् ।
सुरज आर्केड पछाडि पर्ने मखन गल्लीमा रहेको दयाराम श्रेष्ठको ४ तले घरबाट आगलागी सुरू भएको थियो । माटो र काठले बनेको कच्ची घरको तेस्रो तल्लामा ग्याँस लिक भई आगलागी सुरु भएको प्रहरीले जनाएको छ ।
दयारामको घरसँगै रहेको रुकेश श्रेष्ठको ५ तले पक्की घरमा समेत आगो सल्किएको थियो ।



सम्वन्धित समाचार
१८ दिनपछि खुल्यो कृष्णभीरको सडक,
शोक, आक्रोश र प्रश्नको गीत ‘ए नदी, ए हिमाल’
महाधिवेशन एक दिन पनि तलमाथि हुँदैन : गगन थापा
भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण
उद्योगमन्त्रीमा सुनसरी-४ का सांसद दीपक कुमार साह नियुक्त हुँदै
अस्पतालबाट गर्भवती महिला निकालिएकोबारे मन्त्रालयले माग्यो स्पष्टीकरण, छानबिन टोली राजविराज जाँदै