काठमाडौं । भारत-पाकिस्तान द्वन्द्व चर्किएसँगै राष्ट्रिय सुरक्षा परिषद्को बैठक जारी छ । प्रधानमन्त्री केपी शर्मा ओलीसहितको उपस्थितिमा सिंहदरबारमा बैठक जारी छ ।
बैठकमा उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक, रक्षामन्त्री मानवीर राई, मुख्यसचिव एकनारायण अर्याल, नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल प्रतिनिधि लगायतको उपस्थिति छ ।
भारत र पाकिस्तानबीच बढ्दै गएको युद्धका कारण नेपलामा पर्नसक्ने प्रभावबारे बैठकमा छलफल हुने बुझिएको छ ।
यसअघि गृह मन्त्रालयमा राष्ट्रिय सुरक्षा समितिको बैठक बसेको थियो । उक्त बैठकले सीमा, विमानस्थल लगायतका क्षेत्रमा सुरक्षा निगरानी बढाउने निर्णय गरेको थियो ।
भारतको पछिल्लो आक्रमणमा २६ जनाको मृत्यु भएको र ४६ घाइते भएको पाकिस्तानले जनाएको छ । त्यस्तै सीमापारिबाट भएको आक्रमणमा १० भारतीय नागरिकको मृत्यु भएको ३२ जना घाइते भएको भारतले जनाएको छ । मंगलबार रातिदेखि भारत र पाकिस्तानबीच तनाव चर्किएपछि सशस्त्र प्रहरी बल नेपाल(एपीएफ) ले सीमा क्षेत्रमा उच्च सतर्कता अपनाएको छ ।



सम्वन्धित समाचार
१८ दिनपछि खुल्यो कृष्णभीरको सडक,
शोक, आक्रोश र प्रश्नको गीत ‘ए नदी, ए हिमाल’
चिलिमेको सुरूङमा फसेकाहरू सकुशल हुनसक्ने आशामा जागेको छ– कुलमान घिसिङ
महाधिवेशन एक दिन पनि तलमाथि हुँदैन : गगन थापा
भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण
उद्योगमन्त्रीमा सुनसरी-४ का सांसद दीपक कुमार साह नियुक्त हुँदै