काठमाडौं । आज सरकारसँग भएको ९ बुँदे सहमतिसँगै २९औं दिनदेखि जारी शिक्षकको सडक आन्दोलन फिर्ता भएको छ ।
विगतका सहमति/सम्झौतालाई ध्यानमा राखी नयाँ विद्यालय शिक्षा ऐन २०८२ असार १५ भित्र प्रतिनिधिसभाबाट पारित गर्न संसदीय समिति, सत्तापक्षका दलका प्रमुख सचेतकहरूबाट समेत लिखित प्रतिवद्धता व्यक्त भएको छ ।
शिक्षक महासंघले सहमतिपछि विज्ञप्ति निकाल्दै समयमा ऐन जारी हुने विश्वाससहित आजकै मितिबाट विद्यालय भर्ना, नियमित कक्षा सञ्चालन, परीक्षासम्बन्धी सबै काम गर्न अनुरोध गरेको छ ।
शिक्षामन्त्री रघुजी पन्त, गृहमन्त्री रमेश लेखक, शिक्षा समितका सभापति अम्मरबहादुर थापा, दलका प्रमुख सचेतकहरू र शिक्षक महासंघका प्रतिनिधिले लामो छलफल गरेर बुधबार अबेर बसेको मन्त्रिपरिषद् बैठकबाट सहमतिका बुँदा अनुमोदन गराएका छन् ।
यससँगै अब शिक्षकहरूले आगामी असार १५ गतेसम्मा ऐन पाउने भएका छन् । दलका प्रमुख सचेतकले ऐन जारी गर्न प्रतिबद्धता जनाएका छन् ।
उता, शिक्षक महासंघले भने भनेको समयमा ऐन जारी नभए पुनः सडक आन्दोलन गर्ने चेतावनी दिएका छन् ।




सम्वन्धित समाचार
१८ दिनपछि खुल्यो कृष्णभीरको सडक,
शोक, आक्रोश र प्रश्नको गीत ‘ए नदी, ए हिमाल’
महाधिवेशन एक दिन पनि तलमाथि हुँदैन : गगन थापा
भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण
उद्योगमन्त्रीमा सुनसरी-४ का सांसद दीपक कुमार साह नियुक्त हुँदै
अस्पतालबाट गर्भवती महिला निकालिएकोबारे मन्त्रालयले माग्यो स्पष्टीकरण, छानबिन टोली राजविराज जाँदै