काठमाडौं । सरकार र शिक्षकहरुबीचको वार्तामा सहमति जुटेको छ । सहमतिमा हस्ताक्षर भने भइसकेको छैन ।
शिक्षा मन्त्रालयमा भएको वार्ता सकेर मन्त्रीहरु क्याबिनेट बैठक बस्न हिँडेका छन् । मन्त्रिपरिषद बैठकले शिक्षकहरुका केही माग सम्वोधन गरेपछि सम्झौता हुने र औपचारिक पत्रकार सम्मेलन गरेर जानकारी दिइने बताइएको छ ।
वार्तास्थलबाट एमाले मुख्य सचेतक महेश बर्ताैलाले भने, ‘छलफल असाध्यै सकारात्मक ढङ्गले अगाडि बढिरहेको छ । आज नै सहमति गरी सार्वजनिक गर्ने तयारी गरिरहेका छौं ।’
वैठकमा सहभागी प्रमुख सचेतक श्यामकुमार घिमिरेले सहमति भएको पुष्टि गरे ।
उनले भने, ‘सहमतिमा हस्ताक्षर हुन बाँकी छ । उहाँहरुले क्याबिनेटले निर्णय गरेपछि मात्रै हस्ताक्षर गर्छौं भन्नुभयो ।’ घिमिरेका अनुसार मन्त्रिपरिषद वैठकबाट मन्त्रीहरु फर्किएपछि फेरि वैठक गरेर सहमतिमा हस्ताक्षर गरिने छ ।
आज भएको वैठकमा सरकारका तर्फबाट गृहमन्त्री रमेश लेखक, शिक्षामन्त्री रघुजी पन्त, कांग्रेस र एमालेका प्रमुख सचेतकहरु सहभागी थिए । महासंघका तर्फबाट अध्यक्ष सहितको टोली थियो । वैठकमा ११ बुँदे मस्यौदामाथि सहमतिका लागि प्रस्ताव गरिएको थियो ।



सम्वन्धित समाचार
सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
बारको शौचालयमा यौनसम्बन्ध राखेको आरोपपछि किशोरी पक्राउ
कांग्रेस इतर समूहको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने
शिक्षा समितिको बैठक आज पनि स्थगित
सार्वजनिक बिदाबारे अध्ययन गर्न कार्यदल गठन-दुई दिने बिदापछि बिदा पुनरावलोकन गरिँदै
स्पेनले उचाल्यो दोस्रो पटक विश्वकप