काठमाडौँ । सरकार र आन्दोलतरत शिक्षक महासंघका प्रतिनिधिबीच मंगलबार साँझ अबेर सम्म भएकाे वार्ता बिनानिष्कर्ष टुंगिएको छ ।
शिक्षा मन्त्रालयमा शिक्षामन्त्री रघुजी पन्तसँग भएको वार्तामा निष्कर्षमा पुग्न नसकेको बताइएको छ । तर दुवै पक्षले वार्ता सकारात्मक दिशामा अघि बढेको प्रतिक्रिया दिएका छन् ।
वार्तापछि शिक्षा मन्त्री पन्तले भने ´हामी शिक्षकहरुसँग वार्तामा छौं । वार्ता सकारात्मक ढंगले अघि बढेको र सकेसम्म त्यसलाई छिटो टुंग्याउने प्रयत्न गर्छौं`।
यस्तै वार्तामा सहभागी शिक्षक प्रतिनिधिले आज मन्त्रिपरिषद्बाट निर्णय गर्न सकिने विषयमा छलफल गरिएको भन्दै भोलि बेलुकीसम्म सबै सार्वजनिक गर्ने बताए ।
वार्तामा गृहमन्त्री रमेश लेखक र अर्थमन्त्री विष्णु पौडेल पनि सहभागी थिए ।



सम्वन्धित समाचार
शिक्षामन्त्री पुनद्वारा राजीनामा
गगन-विश्वले गरे विशेष महाधिवेशन उद्घाटन
रीड नेपालद्वारा शैक्षिक तथा शिक्षण सिकाइ तालिम सुरु
एमाले महाधिवेशस्थलमा ज्योती मगर, एमाले उम्मेदवारको प्रचारमा
लेक्स नेपालद्वारा नवाेदित कानुन व्यवसायी सम्मानित, ‘सिक्ने–सिकाउने’ संस्कृतिको साझा केन्द्र बन्दै संस्था
एनपीएलमा आज दुई खेल हुँदै, सुदूरपश्चिम र लुम्बिनी तथा जनकपुर र पोखरा खेल्दै