काठमाडौँ । सरकार र आन्दोलतरत शिक्षक महासंघका प्रतिनिधिबीच मंगलबार साँझ अबेर सम्म भएकाे वार्ता बिनानिष्कर्ष टुंगिएको छ ।
शिक्षा मन्त्रालयमा शिक्षामन्त्री रघुजी पन्तसँग भएको वार्तामा निष्कर्षमा पुग्न नसकेको बताइएको छ । तर दुवै पक्षले वार्ता सकारात्मक दिशामा अघि बढेको प्रतिक्रिया दिएका छन् ।
वार्तापछि शिक्षा मन्त्री पन्तले भने ´हामी शिक्षकहरुसँग वार्तामा छौं । वार्ता सकारात्मक ढंगले अघि बढेको र सकेसम्म त्यसलाई छिटो टुंग्याउने प्रयत्न गर्छौं`।
यस्तै वार्तामा सहभागी शिक्षक प्रतिनिधिले आज मन्त्रिपरिषद्बाट निर्णय गर्न सकिने विषयमा छलफल गरिएको भन्दै भोलि बेलुकीसम्म सबै सार्वजनिक गर्ने बताए ।
वार्तामा गृहमन्त्री रमेश लेखक र अर्थमन्त्री विष्णु पौडेल पनि सहभागी थिए ।



सम्वन्धित समाचार
“समावेशी, गुणस्तरीय र दिगो शिक्षा प्रणालीका लागि स्थानीय सरकारका शिक्षा प्राथमिकता”
“विद्यालय रूपान्तरणतर्फ बागमतीको कदम : १५० शिक्षकलाई बालमैत्री प्रशिक्षण”
आजदेखि नयाँ शैक्षिकसत्र सुरु
सरकारको १०० दिने शासकीय सुधारमा युवा बहसः ‘सकारात्मक तर कार्यान्वयन चुनौतीपूर्ण’
टर्किस जहाजमा प्राविधिक समस्या, ढाका ‘डाइभर्ट’
राष्ट्रपतिबाट राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य