कैलाली । सेती प्रादेशिक अस्पतालमा उपचाररत मिर्गौला पीडित एक बिरामीले तेस्रो तलाबाट हामफालेका छन् । उनको घटनास्थलमै मृत्यु भएको छ ।
जिल्लाको गोदावरी नगरपालिका एक ६३ वर्षीय चक्रबहादुर सिंहले मंगलबार दिउँसो अस्पताल भवनको तेस्रो तलाबाट हाम फालेका थिए । गम्भीर चोट लागेर घाइते भएका सिंहको आकस्मिक उपचार कक्षमा ३ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी किशोर श्रेष्ठले जानकारी दिए ।
सिंह मिर्गौला पीडित रहेको र प्रादेशिक अस्पतालमा डायलिसिस गर्दै आएको अस्पतालले जनाएको छ ।
वैशाख १५ गते वार्ड भर्ना भएर उपचार गर्दै आएका सिंहलाई सोमबार चिकित्सकले मेडिकल वार्डमा भर्ना गरेका थिए ।
उनका साथ श्रीमती ईश्वरीदेवी कुरुवा रहेको खुलेको छ । एकैछिन बाहिर जान्छु भनेर निस्किएका सिंहले एक्कासि तेस्रो तलाबाट हाम फालेको अस्पतालले जनाएको छ ।



सम्वन्धित समाचार
१८ दिनपछि खुल्यो कृष्णभीरको सडक,
शोक, आक्रोश र प्रश्नको गीत ‘ए नदी, ए हिमाल’
महाधिवेशन एक दिन पनि तलमाथि हुँदैन : गगन थापा
भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण
उद्योगमन्त्रीमा सुनसरी-४ का सांसद दीपक कुमार साह नियुक्त हुँदै
अस्पतालबाट गर्भवती महिला निकालिएकोबारे मन्त्रालयले माग्यो स्पष्टीकरण, छानबिन टोली राजविराज जाँदै