काठमाडौं । आन्दोलनरत शिक्षक महासंघको २८ दिनदेखि जारी माग सम्बोधनउन्मुख बनेको छ । सोमबार दिनभर र मध्यरातसम्म मन्त्री र शिक्षक नेताबीचको वार्तापछि दुवै पक्ष सहमतिनजिक पुगेका हुन् । वार्ता आज दिउँसो पनि हुँदैछ ।
शिक्षामन्त्री रघुजी पन्तले छलफल एकदमै सकारात्मक भएको बताए । उनका अनुसार आज टुंग्याउने गरी काम अघि बढेको छ । अहिले शिक्षक महासंघको बैठक बसिरहेको छ ।
महासचिव तुलाबहादुर थापाले आज दिनभरसम्ममा सहमतिको सम्भावना रहेको बताए ।
तत्काल पूरा गर्न सकिने मागलाई सहमति गरी आज-भोलि क्याविनेटबाट निर्णय गराएर लागू गर्ने र ऐन जारीको अवधि निश्चित गर्ने तयारी भइरहेको मन्त्रालयका एक अधिकारीले बताए ।
राति मन्त्रालयबाट निस्किँदै महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले केही विषयमा छलफल भएको र केही छलफल आवश्यक रहेको बताएका थिए । आन्दोलन भने जारी नै रहने उनको भनाइ छ ।



सम्वन्धित समाचार
आगामी निर्वाचनमा २ लाख कर्मचारी परिचालन हुँदै
विशेष महाधिवेशन बन्दसत्रमा सभापति देउवा जाने कुनै कार्यक्रम छैन : सचिवालय
कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु: यस्तो छ, कार्यतालिका
कांग्रेस विशेष महाधिवेशनको पक्षमा ६२ प्रतिशत प्रतिनिधिद्वारा हस्ताक्षर
कांग्रेसभित्रको झगडा होइन, विचार र मान्यताको संघर्ष हो: गगन
जसपा नेपाल र लोसपाबीच एकीकरण, अध्यक्ष यादव, संरक्षकमा ठाकुर