काठमाडौं । ताप्लेजुङमा सडकमा लत्रिएको बिजुलीको तारमा छोएर जीप दुर्घटना हुँदा मृत्यु भएका चारै जनाको सनाखत भएको छ। ।
कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा ललितपुर महानगरपालिका १० बस्ने सबिना आचार्यकी छोरी १६ वर्षीया आध्या आचार्य, झापाको भद्रपुर नगरपालिका १५ बस्ने ७० वर्षीय विनोद पौडेल, विनोद पौडेलकी श्रीमति ६९ वर्षीया सरिता पौडेल र चालक ताप्लेजुङको फुङलिङ नगरपालिका १० बस्ने अन्दाजी ४२ वर्षीय दुर्गा भट्टराई छन् ।
सो घटनामा परी ४ जनाको मृत्यु भएको र २ जना घाइते भएको कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवम् एसएसपी भीमबहादुर दाहालले जानकारी दिए ।
उनका अनुसार घाइते हुनेमा ललितपुरको ललितपुर महानगरपालिका १० बस्ने ४५ वर्षीया सबिना आचार्य र उनको १० वर्षीय छोरा भबिमय आचार्य घाइते छन् । उनी बोल्न सक्ने अवस्थामा छन्।
उनीहरुलाई उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं ल्याइँदै छ ।



सम्वन्धित समाचार
आगामी निर्वाचनमा २ लाख कर्मचारी परिचालन हुँदै
विशेष महाधिवेशन बन्दसत्रमा सभापति देउवा जाने कुनै कार्यक्रम छैन : सचिवालय
कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु: यस्तो छ, कार्यतालिका
कांग्रेस विशेष महाधिवेशनको पक्षमा ६२ प्रतिशत प्रतिनिधिद्वारा हस्ताक्षर
कांग्रेसभित्रको झगडा होइन, विचार र मान्यताको संघर्ष हो: गगन
जसपा नेपाल र लोसपाबीच एकीकरण, अध्यक्ष यादव, संरक्षकमा ठाकुर