काठमाडौं । निषेधित क्षेत्र तोड्ने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को प्रदर्शन सकिएको छ। पार्टी अध्यक्ष राजेन्द्र लिङ्नेसहितका नेता पक्राउ परेपछि प्रदर्शनकारीहरू निषेधित क्षेत्रबाट फर्किएका छन्।
राप्रपाले आइतबार (आज) अपराह्न साढे ४ बजे कार्यसम्पादन समितिको आकस्मिक बैठक बोलाएको छ। प्रवक्ता मोहन श्रेष्ठका अनुसार पक्राउ परेका नेताहरूलाई आजै साँझसम्म रिहा नगरिए देशैभरि राँके जुलुस गरिनेछ।
निषेधित क्षेत्र तोड्ने प्रदर्शनमा सहभागी हुने क्रममा अध्यक्ष लिङ्देनसहित उपाध्यक्ष बुद्धिमान तामाङ, नेता ज्ञानेन्द्र शाहीलगायतका नेताहरू पक्राउ परेका छन्।
अहिले उनीहरूलाई प्रहरी परिसरकाठमाडौं, भद्रकाली पुर्याइएका छन् ।



सम्वन्धित समाचार
चौथोपटक मन्त्रिपरिषद् विस्तार हुँदै
नेकपा एमालेको सचिवालय बैठक बस्दै: विधान संशोधन प्रस्ताव लैजाने तयारी
सेनामा प्राविधिकसहित ३८८ जनाका लागि भर्ना खुल्यो
जेन-जी प्रतिनिधि र सरकारबीच १० बुँदे सहमति
सिंहदरबारका क्षतिग्रस्त संरचना चाडै पुराहुनेमा पूर्वराष्ट्रपति भण्डारीको विश्वास
लेक्स नेपालद्वारा नवाेदित कानुन व्यवसायी सम्मानित, ‘सिक्ने–सिकाउने’ संस्कृतिको साझा केन्द्र बन्दै संस्था