काठमाडौं । निषेधित क्षेत्र तोड्ने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को प्रदर्शन सकिएको छ। पार्टी अध्यक्ष राजेन्द्र लिङ्नेसहितका नेता पक्राउ परेपछि प्रदर्शनकारीहरू निषेधित क्षेत्रबाट फर्किएका छन्।
राप्रपाले आइतबार (आज) अपराह्न साढे ४ बजे कार्यसम्पादन समितिको आकस्मिक बैठक बोलाएको छ। प्रवक्ता मोहन श्रेष्ठका अनुसार पक्राउ परेका नेताहरूलाई आजै साँझसम्म रिहा नगरिए देशैभरि राँके जुलुस गरिनेछ।
निषेधित क्षेत्र तोड्ने प्रदर्शनमा सहभागी हुने क्रममा अध्यक्ष लिङ्देनसहित उपाध्यक्ष बुद्धिमान तामाङ, नेता ज्ञानेन्द्र शाहीलगायतका नेताहरू पक्राउ परेका छन्।
अहिले उनीहरूलाई प्रहरी परिसरकाठमाडौं, भद्रकाली पुर्याइएका छन् ।



सम्वन्धित समाचार
१८ दिनपछि खुल्यो कृष्णभीरको सडक,
शोक, आक्रोश र प्रश्नको गीत ‘ए नदी, ए हिमाल’
महाधिवेशन एक दिन पनि तलमाथि हुँदैन : गगन थापा
भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण
उद्योगमन्त्रीमा सुनसरी-४ का सांसद दीपक कुमार साह नियुक्त हुँदै
अस्पतालबाट गर्भवती महिला निकालिएकोबारे मन्त्रालयले माग्यो स्पष्टीकरण, छानबिन टोली राजविराज जाँदै