काठमाडौं। विगत १९ दिनदेखि जारी शिक्षकहरूको आन्दोलन आज (आइतबार) पनि जारी छ। शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षक तथा कर्मचारीहरुले आज पनि काठमाडौंमा प्रदर्शन जारी राखेका छन् ।
उनीहरु माइतीघरबाट नयाँबानेश्वरतर्फ अघि बढिरहेका छन् । गत चैत २० गतेदेखि शिक्षकहरू काठमाडौंको माइतीघर मण्डलामा आन्दोलनरत छन्।
शिक्षामन्त्री विद्या भट्टराई, सभामुख देवराज घिमिरे, प्रधानमन्त्री केपी शर्मा ओलीसँग समेत छलफल गरेका शिक्षक पछि हट्न मानेका छैनन्।
शिक्षकहरुको प्रदर्शनका कारण माइतीघर–बानेश्वर सडकखण्डमा सवारी आवागमन प्रभावित भएको छ ।



सम्वन्धित समाचार
१८ दिनपछि खुल्यो कृष्णभीरको सडक,
शोक, आक्रोश र प्रश्नको गीत ‘ए नदी, ए हिमाल’
महाधिवेशन एक दिन पनि तलमाथि हुँदैन : गगन थापा
भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण
उद्योगमन्त्रीमा सुनसरी-४ का सांसद दीपक कुमार साह नियुक्त हुँदै
अस्पतालबाट गर्भवती महिला निकालिएकोबारे मन्त्रालयले माग्यो स्पष्टीकरण, छानबिन टोली राजविराज जाँदै