काठमाडौं। विगत १९ दिनदेखि जारी शिक्षकहरूको आन्दोलन आज (आइतबार) पनि जारी छ। शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षक तथा कर्मचारीहरुले आज पनि काठमाडौंमा प्रदर्शन जारी राखेका छन् ।
उनीहरु माइतीघरबाट नयाँबानेश्वरतर्फ अघि बढिरहेका छन् । गत चैत २० गतेदेखि शिक्षकहरू काठमाडौंको माइतीघर मण्डलामा आन्दोलनरत छन्।
शिक्षामन्त्री विद्या भट्टराई, सभामुख देवराज घिमिरे, प्रधानमन्त्री केपी शर्मा ओलीसँग समेत छलफल गरेका शिक्षक पछि हट्न मानेका छैनन्।
शिक्षकहरुको प्रदर्शनका कारण माइतीघर–बानेश्वर सडकखण्डमा सवारी आवागमन प्रभावित भएको छ ।



सम्वन्धित समाचार
रास्वपासँग एकता भाँडिएसँगै कुलमान बने उज्यालो नेपाल पार्टीको अध्यक्ष
रुकुम पूर्वबाट चुनाव लड्ने प्रचण्डको घोषणा
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित
रीड नेपालद्वारा शैक्षिक तथा शिक्षण सिकाइ तालिम सुरु
जेनजी आन्दोलनमा भएको भौतिक क्षतिको पुनर्निर्माण गर्न ३६ अर्ब लाग्ने
काठमाडौंको गैरीगाउँस्थित काठ गोदाममा आगलागी