काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले १७ दिनदेखि आन्दोलनरत नेपाल शिक्षक महासंघका प्रतिनिधिलाई छलफलमा बोलाएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार साँझ ७ बजे छलफलमा डाकिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । दिनभर सडक प्रदर्शनमा रहेका शिक्षक महासंघका पदाधिकारी र आन्दोलन परिचालन समितिका पदाधिकारी बैठकमा जुटेका छन् ।
महासंघ आन्दोलनको समीक्षा र थप रणनीति तय गर्न बैठक बसेको आन्दोलन परिचालन समितिकी संयोजक नानुमाया पराजुलीले बताइन् । बैठकले प्रधानमन्त्रीले बोलाएको बैठकका के-कसरी प्रस्तुत हुने भन्ने विषयमा पनि निर्णय लिने शिक्षक महासंघका पदाधिकारीहरुले बताए ।
महासंघका महासचिव तुलाबहादुर थापाले साँझ ७ बजे प्रधानमन्त्री कार्यालयबाट छलफलमा डाकिएको बताए । ‘छलफलमा जान्छौं, पहिले सरकारले गरेको सहमतिअनुसार शिक्षकका माग पूरा गर्न भन्छौं,’ उनले भने ।
शिक्षा ऐन जारी गर्न माग राख्दै चैत २० देखि आन्दोलनरत शिक्षक महासंघले यसअघि शिक्षा मन्त्रालयले बोलाएको वार्तामा बस्न अस्वीकार गरेको थियो । शिक्षामन्त्री विद्या भट्टराईसँग छलफल गरेर उनीहरुले २४ बुँदे ध्यानाकर्षण पत्र बुझाएका थिए



सम्वन्धित समाचार
सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
बारको शौचालयमा यौनसम्बन्ध राखेको आरोपपछि किशोरी पक्राउ
कांग्रेस इतर समूहको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने
शिक्षा समितिको बैठक आज पनि स्थगित
सार्वजनिक बिदाबारे अध्ययन गर्न कार्यदल गठन-दुई दिने बिदापछि बिदा पुनरावलोकन गरिँदै
स्पेनले उचाल्यो दोस्रो पटक विश्वकप