काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले आन्दोलनरत शिक्षकलाई तत्काल विद्यालय फर्काउने वातावरण बनाउन पाटीका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई जिम्मेवारी दिएको छ।
सभापति देउवाले पार्टी महामन्त्रीद्वय र शिक्षा विभागको प्रमुख नैनसिंह महरलाई शिक्षकको माग सम्बोधन गर्ने काममा केन्द्रित हुन निर्देशन दिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।
उनले भने, ‘कांग्रेसको अहिले मुख्य एजेण्डा नै शिक्षकहरुको माग सम्बोधन गर्ने कुरामा केन्द्रित छ। सभापतिले अर्थमन्त्री, गृहमन्त्री, उपप्रधान तथा सहकारी विकास मन्त्रीहरुलाई कुरा गर्नुभएको छ। उहाँले सरकारमा मात्रै होइन, पार्टीभित्र पनि महामन्त्रीद्वर र पार्टीको विभाग प्रमुखलाई जिम्मेवारी दिएर आजभोलि नै आन्दोलन फिर्ता हुने काम गर्न निर्देशन दिनुभएको छ।’
शिक्षकहरूको माग सम्बोधन गर्न प्रधानमन्त्री केपी ओलीले चासो नदेखाएको भन्दै कांग्रेसभित्र असन्तुष्टि बढ्दैछ। यो बिषयमा हिजो बुढानीलकण्ठमा बसेको पदाधिकारीको बैठकमा पनि गम्भीर समीक्षा भएको थियो। हिजोको बैठकपछि नै देउवाले महामन्त्रीद्वयलाई शिक्षकलाई आन्दोलनबाट फिर्ता गराउने वातावरण बनाउन निर्देशन दिएका हुन्।
यसअघि नै महामन्त्री थापाले शिक्षकहरूको माग सम्बोधन गर्नको लागि सरकारलाई यसअघि नै दुई विकल्प अघि सारेका थिए। उनले कानून नबनाएरै पनि शिक्षकको अधिकांश माग सम्बोधन गर्न सकिने जनाएका थिए।



सम्वन्धित समाचार
“समावेशी, गुणस्तरीय र दिगो शिक्षा प्रणालीका लागि स्थानीय सरकारका शिक्षा प्राथमिकता”
“विद्यालय रूपान्तरणतर्फ बागमतीको कदम : १५० शिक्षकलाई बालमैत्री प्रशिक्षण”
आजदेखि नयाँ शैक्षिकसत्र सुरु
सरकारको १०० दिने शासकीय सुधारमा युवा बहसः ‘सकारात्मक तर कार्यान्वयन चुनौतीपूर्ण’
नागरिक समाजको खबरदारी पत्र : ५ लाख रोजगारी र पर्यावरणीय समाजवादको माग
टर्किस जहाजमा प्राविधिक समस्या, ढाका ‘डाइभर्ट’