काठमाडौं । आन्दोलनरत नेपाल शिक्षक संघले कक्षा १२ को परीक्षा, भर्ना अभियान लगायत कुनैपनि शैक्षिक गतिविधिमा सामेल नहुन आग्रह गरेको छ ।
चैत २० गतेबाट शिक्षकहरूको आन्दोलन जारी रहेको छ । यसैबीच महासंघले विज्ञप्ति जारी गर्दै वैशाख ११ गतेबाट सुरु हुने कक्षा १२ को परीक्षामा केन्द्राध्यक्ष, निरीक्षक लगायत कुने पनि काममा संलग्न नहुन प्रधानाध्यापक, शिक्षक र कर्मचारीहरूलाई आग्रह गरेको हो ।
शीघ्रताका साथ शिक्षा ऐन जारी गरेर विद्यालय शिक्षाको उचित व्यवस्थापन र गुणस्तर विकासका लागि गरिएको आन्दोलनलाई सहयोग गर्न पनि आग्रह गरिएको छ ।
काठमाडौं केन्द्रित आन्दोलनको अवधिमा उत्तरपुस्तिका परीक्षण, नतिजा प्रकाशन, प्रवेश परीक्षा, विद्यार्थी भर्ना लगायतका सबै काममा संलग्न नहुन पनि आग्रह गरिएको छ ।
यस्तै प्याब्सन र एनप्याब्सनलाई पनि आन्दोलनमा बोलाएको छ ।




सम्वन्धित समाचार
१८ दिनपछि खुल्यो कृष्णभीरको सडक,
शोक, आक्रोश र प्रश्नको गीत ‘ए नदी, ए हिमाल’
चिलिमेको सुरूङमा फसेकाहरू सकुशल हुनसक्ने आशामा जागेको छ– कुलमान घिसिङ
महाधिवेशन एक दिन पनि तलमाथि हुँदैन : गगन थापा
भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण
उद्योगमन्त्रीमा सुनसरी-४ का सांसद दीपक कुमार साह नियुक्त हुँदै