सुर्खेत । हावाहुरीका कारण कर्णाली प्रदेशका विभिन्न जिल्लाहरुमा विद्युत र टेलिफोन सेवा अवरुद्व भएको छ । बुधबार राति आएको हावाहुरी र चट्याङले रुख ढाल्दा विद्युत् सेवा अवरुद्व भएको हो ।
हावाहुरीसहितको वर्षाका कारण कोहलपुर-सुर्खेत ३३ केभी र पश्चिमको कुइने-बाबियाचौर-वीरेन्द्रनगर ३३ केभी लाइन अवरुद्ध भएको विद्युत् प्राधिकरण सुर्खेत वितरण कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार कोहलपुर-सुर्खेत ३३ केभी प्रसारण लाइन सुर्खेतको रामघाटसम्म मात्र संचालनमा आएको छ । त्यसयताको बाँकी लाइन मर्मतका लागि प्राविधिक टोली खटिएको प्राधिकरणको सुर्खेत वितरण कार्यालयले जनाएको छ ।
यी दुई लाइनबाट कर्णालीका १० वटै जिल्लामा राष्ट्रिय प्रशारण लाइन पुगेको छ । उक्त लाइन अबरुद्ध हुँदा कर्णालीका १० वटै जिल्लाहरु प्रभावित भएका हुन् ।




सम्वन्धित समाचार
काठमाडौंको गैरीगाउँस्थित काठ गोदाममा आगलागी
वीरगञ्जमा दिउँसो १ बजेसम्म कर्फ्यु
अमेरिकी डलरको भाउ हालसम्मकै उच्च
बेलायतमा बालबालिकाको मोटोपन नियन्त्रण गर्न जंक फुडका विज्ञापनमा प्रतिबन्ध
प्रचण्ड र देउवालाई जाँचबुझ आयोगको पत्र
चुनावअघि नै संरचनागत सुधारका लागि राष्ट्रिय सहमति गरौँ – महामन्त्री थापा