काठमाडौं । सरकारले आन्दोलनरत शिक्षक महासंघलाई वार्तामा आउन फेरि आव्हान गरेको छ । शिक्षा मन्त्रालयले आन्दोलनरत शिक्षकहरुलाई भोलि फेरि वार्ताको लागि बोलाएको हो ।
मन्त्रालयका प्रवक्ता तथा सहसचिव शिवकुमार सापकोटाले मंगलबार विज्ञप्ति जारी गर्दै वार्ता र संवादमा आउन नेपाल शिक्षक महासंघलाई आग्रह गरेका हुन् ।
विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न वनेको विधेयक, २०८० प्रतिनिधि सभामा पेश भएकोमा त्यसलाई यथाशीघ्र पारित गरियोस् भन्ने माग राख्दै सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीले केही दिनदेखि काठमाडौं केन्द्रीत आन्दोलन गरिरहेका छन् ।
यसअघि मन्त्रालयले साझा धारणा निर्माण गर्न चैत्र २१ र २२ गते छलफल र परामर्शका लागि बोलाएको थियो ।
तर, शिक्षकहरु वार्तामा नगएपछि मन्त्रालयमा भोलि वार्ता र संवादका लागि राहत एवम् अस्थायी शिक्षक, साविक उच्च माविका शिक्षक, बालविकास शिक्षक, विद्यालय कर्मचारी लगायतका सबै शिक्षक-कर्मचारीको प्रतिनिधित्व हुनेगरी उपस्थित हुनका लागि नेपाल शिक्षक महासंघलाई पुनः बोलाएको मन्त्रालयले बताएको छ ।
साथै, वार्ता र संवादको समय तालिका आपसी सल्लाह अनुसार तय गरिने बताएको छ ।



सम्वन्धित समाचार
रास्वपासँग एकता भाँडिएसँगै कुलमान बने उज्यालो नेपाल पार्टीको अध्यक्ष
रुकुम पूर्वबाट चुनाव लड्ने प्रचण्डको घोषणा
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित
रीड नेपालद्वारा शैक्षिक तथा शिक्षण सिकाइ तालिम सुरु
जेनजी आन्दोलनमा भएको भौतिक क्षतिको पुनर्निर्माण गर्न ३६ अर्ब लाग्ने
काठमाडौंको गैरीगाउँस्थित काठ गोदाममा आगलागी