काठमाडौं । शुक्रवार राति काठमाडौंबाट पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई आज प्रक्रिया पूरा गर्नका लागि अदालतमा उपस्थित गराइने भएको छ ।
अदालतमा उपस्थित गराएर प्रक्रिया पूरा भएपछि उनलाई आजै थुनामा पठाइने छ । उच्च अदालत तुलसीपुरको बुटवल इजलासको आदेशसँगै उनलाई शुक्रवार काठमाडौंबाट पक्राउ गरी शनिबार विमानमार्फत भैरहवा लगिएको थियो ।
शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा भएकाले आज मात्रै उनलाई अदालतमा उपस्थित गराउन लागिएको हो । प्रक्रिया पूरा भएपछि थुनामा पाठइने जिल्ला प्रहरी कार्यालय रुपन्देहीले बताएको छ ।
रास्वपा नेता दीपक न्यौपानेका अनुसार आज वा भोलिमै उच्चको आदेशविरुद्ध सर्वोच्च जाने तयारी रवि पक्षका वकिलहरुले गरेका छन् ।



सम्वन्धित समाचार
१८ दिनपछि खुल्यो कृष्णभीरको सडक,
शोक, आक्रोश र प्रश्नको गीत ‘ए नदी, ए हिमाल’
चिलिमेको सुरूङमा फसेकाहरू सकुशल हुनसक्ने आशामा जागेको छ– कुलमान घिसिङ
महाधिवेशन एक दिन पनि तलमाथि हुँदैन : गगन थापा
भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण
उद्योगमन्त्रीमा सुनसरी-४ का सांसद दीपक कुमार साह नियुक्त हुँदै