काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जरूरी पर्यो भने संघीय संसदको विशेष अधिवेशन बोलाएर भए पनि शिक्षकहरूका माग पूरा गरिने बताएका छन्।
नेवा राष्ट्रिय मुक्ति मोर्चाको प्रशिक्षण भेलालाई शुक्रबार सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
माग पूरा नभएसम्म सडक आन्दोलन नछोड्न शिक्षकहरूलाई आग्रह गर्दै उनले शिक्षकहरूलाई सताउने काम सरकारले बन्द गर्नुपर्ने बताए ।
‘शिक्षहरूलाई बधाइ भन्न चाहन्छु । तपाई्ंहरूले माग पूरा नभएसम्म आन्दोलन छोडदिन भन्नु भएको छ । जबसम्म माग पूरा हुँदैन, कहिले सिटी बजाउनुस्, कहिले के । हामी तपाईंहरूको साथमा छौं,’ उनले भने ।
उनले अगाडि भने, ‘मैले प्रतिपक्षी सबै दलसँग कुरा गर्न त भ्याएको छैन । प्रतिपक्षीको बैठक बसेर शिक्षकहरूको निम्ति जरुरी पर्यो भने संसद्को विशेष अधिवेशन बोलाउन सकिन्छ । यसका लागि प्रतिपक्षी दलहरूसँग आजैदेखि छलफल गर्ने मेरो विचार छ । सरकारले शिक्षकहरूलाई सताउने काम नगरोस् ।’



सम्वन्धित समाचार
सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
बारको शौचालयमा यौनसम्बन्ध राखेको आरोपपछि किशोरी पक्राउ
कांग्रेस इतर समूहको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने
शिक्षा समितिको बैठक आज पनि स्थगित
सार्वजनिक बिदाबारे अध्ययन गर्न कार्यदल गठन-दुई दिने बिदापछि बिदा पुनरावलोकन गरिँदै
स्पेनले उचाल्यो दोस्रो पटक विश्वकप