काठमाडौं । आन्दोलनरत शिक्षक महासंघको प्रतिनिधिसँग कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंह सहितको टोलीले छलफल गर्न बिहीवार ३ बजेका लागि सिंहदरबारमा बोलाइएको थियो ।
तर, महासंघले वार्तालाई खारेज गरेको जनाएको छ ।
“वार्तामा बोलाएको हो । तर पटकपटकका वार्तालाई हामीले खेर गर्यौं। वार्ता होइन शिक्षा ऐन खोजेको हो,’ आन्दोलन परिचालन समितिको संयोजक एंव महासंघको सहअध्यक्ष नानुमाया पराजुलीले भनिन्, “हामी आन्दोलनको मैदानमा छौँ। सिंहदरबार जादैनौं।’
बिहीवार कार्यवाहक प्रधानमन्त्री सिंहको अध्यक्षतामा सरकारी सरोकारवाला पक्षबीच छलफल भएको थियो । त्यसलगत्तै सरकारी टोलीले महासंघलाई बोलाएको हो । आज हुने छलफलमा गृहमन्त्री, मुख्य सचेतक, प्रमुख सचेतक पनि सहभागी हुने बताइएको छ ।
शिक्षक महासंघको टोली नगएपनि सरकारी टोली भने छलफलमा सहभागी भएका छन् ।
शिक्षा ऐन जारी गर्न माग गर्दै देशभरबाट शिक्षकहरू काठमाडौ आएका छन्। चैत २० देखि उनीहरूले काठमाडौमा प्रदर्शन गरिरहेका छन् । गत २०८० असोजमा भएको सहमति अनुसार ऐन जारी गर्न शिक्षकहरूले माग गरिरहेका छन्।
पटकपटक सम्झौता गरेर सरकारले धोका दिएको भन्दै महासंघले अन्तिम लडाइँ भएकाले सहमति मात्र नगर्ने अडान लिएका छन् ।



सम्वन्धित समाचार
रास्वपासँग एकता भाँडिएसँगै कुलमान बने उज्यालो नेपाल पार्टीको अध्यक्ष
रुकुम पूर्वबाट चुनाव लड्ने प्रचण्डको घोषणा
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित
रीड नेपालद्वारा शैक्षिक तथा शिक्षण सिकाइ तालिम सुरु
जेनजी आन्दोलनमा भएको भौतिक क्षतिको पुनर्निर्माण गर्न ३६ अर्ब लाग्ने
काठमाडौंको गैरीगाउँस्थित काठ गोदाममा आगलागी