काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँगको भेट सार्थक र सकारात्मक भएको बताएका छन्।
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को छैटौँ शिखर सम्मेलन सकिएपछि थाइल्याण्डमा मोदीसँग भेट्न पाएकोमा खुशी व्यक्त गरेका हुन्।
मोदीसँगको भेटपछि फोटो राख्दै प्रधानमन्त्री ओलीले ट्वीटरमा लेखेका छन्, ‘मित्र भारतीय प्रधानमन्त्री मोदीजीसँग आत्मीय र सौहार्दपूर्ण भेट भयो। हाम्रो वार्ता अत्यन्त सार्थक र सकारात्मक रहनुका साथै आत्मीय भेटप्रति म खुसी व्यक्त गर्दछु।’
ओलीसँगको भेटपछि मोदीले पनि दुई देशको सम्बन्ध बलियो भएको विश्वास व्यक्त गरेका छन्।



सम्वन्धित समाचार
आगामी निर्वाचनमा २ लाख कर्मचारी परिचालन हुँदै
विशेष महाधिवेशन बन्दसत्रमा सभापति देउवा जाने कुनै कार्यक्रम छैन : सचिवालय
कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु: यस्तो छ, कार्यतालिका
कांग्रेस विशेष महाधिवेशनको पक्षमा ६२ प्रतिशत प्रतिनिधिद्वारा हस्ताक्षर
कांग्रेसभित्रको झगडा होइन, विचार र मान्यताको संघर्ष हो: गगन
जसपा नेपाल र लोसपाबीच एकीकरण, अध्यक्ष यादव, संरक्षकमा ठाकुर