काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँगको भेट सार्थक र सकारात्मक भएको बताएका छन्।
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को छैटौँ शिखर सम्मेलन सकिएपछि थाइल्याण्डमा मोदीसँग भेट्न पाएकोमा खुशी व्यक्त गरेका हुन्।
मोदीसँगको भेटपछि फोटो राख्दै प्रधानमन्त्री ओलीले ट्वीटरमा लेखेका छन्, ‘मित्र भारतीय प्रधानमन्त्री मोदीजीसँग आत्मीय र सौहार्दपूर्ण भेट भयो। हाम्रो वार्ता अत्यन्त सार्थक र सकारात्मक रहनुका साथै आत्मीय भेटप्रति म खुसी व्यक्त गर्दछु।’
ओलीसँगको भेटपछि मोदीले पनि दुई देशको सम्बन्ध बलियो भएको विश्वास व्यक्त गरेका छन्।



सम्वन्धित समाचार
१८ दिनपछि खुल्यो कृष्णभीरको सडक,
शोक, आक्रोश र प्रश्नको गीत ‘ए नदी, ए हिमाल’
चिलिमेको सुरूङमा फसेकाहरू सकुशल हुनसक्ने आशामा जागेको छ– कुलमान घिसिङ
महाधिवेशन एक दिन पनि तलमाथि हुँदैन : गगन थापा
भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण
उद्योगमन्त्रीमा सुनसरी-४ का सांसद दीपक कुमार साह नियुक्त हुँदै