बाजुरा : बाजुराको बुढीगंगा नगरपालिका –७ को वडा कार्यालयमा तालाबन्दीगरिएको छ। वडा कार्यालयमा सनीयले तालाबन्दि गरेपछि सेवा प्रवाह थप्प भएको छ। वडा कार्यालयमा वडा सचिव नहुँदा दैनिक रुपमा सेवा लिन सास्ती हुन थालेपछि स्थानीय राजनितिक दलहरुले वडा कार्यालयमा मंगलबार सयुक्त ताला लगाएका हुन् ।
दुई वर्षदेखि वडा कार्यालयमा वडा सचिव नहुँदा वडा नम्बर ८ मा गएर जन्म,मृत्यु, र बसाइसराई लगायतका पञ्जिकरणका काम गराउदै आएका स्थानीयहरुले वडा नम्बर ८ ले सो काम गर्न नसक्ने भनेपछि सेवा लिनबाट बञ्चित भएका वडाबासीको समस्या वडा र नगरपालिकाले कुनै चासो नदेखाएपछि तालाबन्दी गरेको उनीहरुले बताएका छन् ।सोमबार नेपाली काँग्रेस,नेकपा एमाले,नेकपा माओवादी र नेकपा समाजवादीका वडाका अध्यक्षहरुले संयुक्त रुपमा प्रेस विज्ञप्ती जारी गर्दै मंगलबार ताला लगाएको जानकारी सहित वडामा ताला लगाएको नेपाली काँग्रेस वडा कार्य समिति सभापति बीरबहादुर केसीले जानकारी दिएका छन् ।
नेपाली काग्रेसका वडा सभापति प्रतिनिधी विर बहादुर के.सी, नेकपा एमालेका नगर कमिटी प्रेम बहादुर बिष्ट, नेकपा माओबादी केन्द्रका प्रतिनीधी वडा कमिटी अध्यक्ष भक्त विष्ट र नेकपा एकिकृत समाजवादी पार्टीका जिल्ला कमिटी सदस्य दिपक बहादुर केसीको सयूक्त हस्ताक्षरित सार्वजनिक सुचना टाँस गर्दै तालबन्दी गरिएको छ ।दुई वर्षदेखि वडामा पञ्जिकरणमा काम गर्ने वडा सचिव नहुँदा अर्को वडामा काम गराएर सहयोग लिदै आएको र सो काम पनि उक्त वडाबाट सेवा नदिएपछि स्थानीय तहको वडा सरकारले जनतालाई सास्ती दिदै आएको आरोप लागेको छ ।
बुढीगंगा नगरपालिका–७ का वडाअध्यक्ष भुवनसिं केसीले वडामा सचिव नभएपछि नगारिकले सेवा पाउनबाट बञ्चित भएकाले ताला लगाएको बताए ।उनले भने नगपालिका र जिल्ला प्रशासन कार्यालय बाजुरालाई वडामा सचिव नभएको जानकारी गराएको र नगरपालिकाले कुनै चासो नदेखाएपछि नागरिकले सेवा नपाएकाले ताला लगाउन बाहेकको विकल्प नभएको वडाध्यक्ष केसीले बताएका छन्
आफुलाई वडामा कर्मचारीलाई बस्न नदिने र धम्की दिने गलत प्रचार गर्दै कर्मचारी नै पालिकाले नपाएको उनको आरोप छ ।सोमबार वडा कार्यालयले राखेको सर्वपक्षीय भेलापछि पालिकालाई वडा सचिव खटाउन दवाव दिनका लागि सर्वपक्षीय भेलाबाट दलहरुले ताला लगाउने निर्णय गरेका थिए ।



सम्वन्धित समाचार
नागरिक समाजको खबरदारी पत्र : ५ लाख रोजगारी र पर्यावरणीय समाजवादको माग
टर्किस जहाजमा प्राविधिक समस्या, ढाका ‘डाइभर्ट’
कांग्रेसको प्रतिज्ञा पत्र केन्द्रीय समितिबाट सर्वसम्मत पारित
राष्ट्रपतिबाट राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य
व्यापारीले ग्यास लुकाउन थालेपछि आयल निगम आफैंले बेच्न थाल्यो
राष्ट्रियसभा बैठक बस्दै, प्रधानमन्त्री कार्कीले चलचित्र विधेयक पेस गर्ने