काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय सकमक्षी नरेन्द मोदीले थाइल्यान्डको बैंककमा भेटवार्ता गरेका छन् ।
शुक्रबार भेटवार्तापछि भारतीय प्रधानमन्त्री मोदीले समकक्षी ओलीसँगको भेटवार्ता फलदायी सामाजिक सञ्जालमा पोस्ट गरेर दुई देशको सम्बन्ध बलियो भएको बताएका छन् ।
आफ्नो सामाजिक सञ्जालमा मोदीले नेपाली भाषा प्रयोग गरेर लेख्दै उक्त टिप्पणी गरेका हुन् ।
मोदीले नेपालसँगको सम्बन्धमा भारतले प्राथमिकता दिने भन्दै ओलीसँगको भेटमा ऊर्जा, कनेक्टिभिटी, संस्कृति र डिजिटल प्रविधिका क्षेत्रमा छलफल भएको लेखेका छन् ।
बिमस्टेकको माहोलमा विपत् व्यवस्थापन र सामुद्रिक यातायातका क्षेत्रमा सकारात्मक नतिजा आएको पनि मोदीले लेखेका छन् ।




सम्वन्धित समाचार
सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
बारको शौचालयमा यौनसम्बन्ध राखेको आरोपपछि किशोरी पक्राउ
कांग्रेस इतर समूहको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने
शिक्षा समितिको बैठक आज पनि स्थगित
सार्वजनिक बिदाबारे अध्ययन गर्न कार्यदल गठन-दुई दिने बिदापछि बिदा पुनरावलोकन गरिँदै
स्पेनले उचाल्यो दोस्रो पटक विश्वकप