रुपन्देही । कार्यालय समयमै मदिरा सेवन गरी उपमेयरको कार्यकक्षमा गएर अभद्र व्यवहार गरेका बर्दियाको बारबर्दिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक आचार्य पक्राउ परेका छन् ।
उनीसँगै आर्थिक विकास समितिका संयोजक कृष्ण गौतम र सहायक प्राविधिक कर्मचारी नगेन्द्र भण्डारीसमेत आएर झगडा गरेपछि पाण्डेले मेयर छविलाल थारुलाई बोलाएकी थिइन् ।
मङ्गलवार पक्राउपछि उनलाई मेडिकल गरिएको र मदिरा सेवन गरेर कार्यालयमा गएको पाइएको प्रहरीले जनाएको थियो । बुधवार कार्यपालिकाकाको बैठक बसेर मेयर उपमेयरसँग सार्वजनिक रूपमा माफी माग्न आए दिने निर्णय भए पनि नआएको उपमेयर पाण्डेले बताइन् । उनले आफूहरूले उजुरी नदिएको तर पक्राउ परेको बताइन् ।
मेयर छविलाल थारूका अनुसार आचार्यले कार्यालयको नियमित समयमा उपस्थित नभएर मातहत कर्मचारीहरूलाई अनियमित रूपमा अवकाश पत्र वितरण गर्न खोजेका थिए, जुन मेयरले रोकिदिएपछि आचार्यले फोनमै मेयरलाई धम्की दिएपछि विवाद बढेको हो ।
उता आरोपित आचार्यले फेसबुकमा मेयर थारूमाथि ‘पावर टिलर खरिदमा घुसखोरी’को आरोप लगाएका छन् । आचार्य आगामी वैशाख १४ गतेबाट अनिवार्य अवकाशमा जाँदैछन्।



सम्वन्धित समाचार
“समावेशी, गुणस्तरीय र दिगो शिक्षा प्रणालीका लागि स्थानीय सरकारका शिक्षा प्राथमिकता”
“विद्यालय रूपान्तरणतर्फ बागमतीको कदम : १५० शिक्षकलाई बालमैत्री प्रशिक्षण”
सरकारको १०० दिने शासकीय सुधारमा युवा बहसः ‘सकारात्मक तर कार्यान्वयन चुनौतीपूर्ण’
नागरिक समाजको खबरदारी पत्र : ५ लाख रोजगारी र पर्यावरणीय समाजवादको माग
टर्किस जहाजमा प्राविधिक समस्या, ढाका ‘डाइभर्ट’
कांग्रेसको प्रतिज्ञा पत्र केन्द्रीय समितिबाट सर्वसम्मत पारित