काठमाण्डौ । राष्ट्रियसभाले पाँच वटा प्रतिस्थापन विधेयक बहुमतले पारित गरेको छ । सोमबार बसेको राष्ट्रिय सभाको बैठकले दफावार छलफलसहित पाँच वटै विधेयक क्रमशः पारित गरेको हो ।
ती विधेयक हुन्– सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक र सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक । यी दुई विधेयक सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले सभामा प्रस्तुत गरेका थिए ।
बाँकी तीन वटा विधेयक अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेका थिए ।
‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१’ तथा ‘निजीकरण (पहिलो संशोधन) विधेयक, २०८१’ र ‘आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ पारित गरिएको हो ।
राष्ट्रियसभामा संशोधनसहित दफावार छलफलपछि विधेयक पारित गरिएको हो । सभाबाट पारित विधेयक सन्देशसहित प्रतिनिधिसभामा पठाइनेछ ।



सम्वन्धित समाचार
१८ दिनपछि खुल्यो कृष्णभीरको सडक,
शोक, आक्रोश र प्रश्नको गीत ‘ए नदी, ए हिमाल’
चिलिमेको सुरूङमा फसेकाहरू सकुशल हुनसक्ने आशामा जागेको छ– कुलमान घिसिङ
महाधिवेशन एक दिन पनि तलमाथि हुँदैन : गगन थापा
भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण
उद्योगमन्त्रीमा सुनसरी-४ का सांसद दीपक कुमार साह नियुक्त हुँदै