काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आजबाट पार्टीको जिम्मेवारीमा फर्किने भएका छन् ।
सोमबार दिउँसो केन्द्रीय समितिको विशेष बैठकबाट रास्वपाले रविलाई पार्टीमा कमव्याक गराउने भएको हो । दिउँसो ३ बजेदेखि निरन्तर दुई वटा बैठक घण्टीघरमा राखिएको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।
उनका अनुसार ३ बजेको पहिलो बैठकमा कार्यवाहक सभापति अर्यालले धन्यवाद ज्ञापन गरेसँगै समापन हुनेछ । र, दोस्रो बैठकको सभापतित्व लामिछानेले गर्ने छन् ।
लामिछानेसहितको बैठकमा पार्टी र सदनको गतिविधिबारे तथा सदस्यहरूबाट संक्षिप्त रिपोर्टिङ हुनेछ ।
सहकारी ठगी प्रकरणमा उनी पार्टी कार्यालयबाट कात्तिक २ गते पक्राउ परेका थिए ।



सम्वन्धित समाचार
आगामी निर्वाचनमा २ लाख कर्मचारी परिचालन हुँदै
विशेष महाधिवेशन बन्दसत्रमा सभापति देउवा जाने कुनै कार्यक्रम छैन : सचिवालय
कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु: यस्तो छ, कार्यतालिका
कांग्रेस विशेष महाधिवेशनको पक्षमा ६२ प्रतिशत प्रतिनिधिद्वारा हस्ताक्षर
कांग्रेसभित्रको झगडा होइन, विचार र मान्यताको संघर्ष हो: गगन
जसपा नेपाल र लोसपाबीच एकीकरण, अध्यक्ष यादव, संरक्षकमा ठाकुर