काठमाडौं । गणतन्त्र पक्षधर दलहरुको सर्वदलीय बैठक सिंहदरबारमा सुरु भएको छ ।
सत्तारुढ नेकपा एमाले, नेपाली कांग्रेससहित विपक्षी दलहरु सम्मिलित बैठकले पछिल्लो अवस्थाबारे छलफल गर्ने बताइएको छ ।
बैठकमा प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली तथा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, पूर्वप्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा सहभागी छन् ।
त्यसैगरी, माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, जनमत पार्टीका अध्यक्ष सिके राउत, राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी, जसपा नेपालका उपेन्द्र यादव, लोसपाका महन्थ ठाकुर, जसपाका अशोक राई, नेसपाका डा. बाबुराम भट्टराई लगायतको उपस्थिति रहेको छ ।



सम्वन्धित समाचार
१८ दिनपछि खुल्यो कृष्णभीरको सडक,
शोक, आक्रोश र प्रश्नको गीत ‘ए नदी, ए हिमाल’
चिलिमेको सुरूङमा फसेकाहरू सकुशल हुनसक्ने आशामा जागेको छ– कुलमान घिसिङ
महाधिवेशन एक दिन पनि तलमाथि हुँदैन : गगन थापा
भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण
उद्योगमन्त्रीमा सुनसरी-४ का सांसद दीपक कुमार साह नियुक्त हुँदै