काठमाडौं । गणतन्त्र पक्षधर दलहरुको सर्वदलीय बैठक सिंहदरबारमा सुरु भएको छ ।
सत्तारुढ नेकपा एमाले, नेपाली कांग्रेससहित विपक्षी दलहरु सम्मिलित बैठकले पछिल्लो अवस्थाबारे छलफल गर्ने बताइएको छ ।
बैठकमा प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली तथा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, पूर्वप्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा सहभागी छन् ।
त्यसैगरी, माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, जनमत पार्टीका अध्यक्ष सिके राउत, राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी, जसपा नेपालका उपेन्द्र यादव, लोसपाका महन्थ ठाकुर, जसपाका अशोक राई, नेसपाका डा. बाबुराम भट्टराई लगायतको उपस्थिति रहेको छ ।



सम्वन्धित समाचार
आगामी निर्वाचनमा २ लाख कर्मचारी परिचालन हुँदै
विशेष महाधिवेशन बन्दसत्रमा सभापति देउवा जाने कुनै कार्यक्रम छैन : सचिवालय
कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु: यस्तो छ, कार्यतालिका
कांग्रेस विशेष महाधिवेशनको पक्षमा ६२ प्रतिशत प्रतिनिधिद्वारा हस्ताक्षर
कांग्रेसभित्रको झगडा होइन, विचार र मान्यताको संघर्ष हो: गगन
जसपा नेपाल र लोसपाबीच एकीकरण, अध्यक्ष यादव, संरक्षकमा ठाकुर