काठमाडौं । राजसंस्था पुन:स्थापनाको पक्षमा भएको आन्दोलनमा पक्राउ परेका राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री डा. धवलशम्शेर राणालाई राजद्रोहको मुद्दा लगाइने भएको छ ।
तीनकुने घटनामाथि अनुसन्धान गरिरहेको प्रहरीले उनीहरुसहित ११ जनालाई राजद्रोहको मुद्दाका लागि म्याद थप गर्न लगिएको हो ।
काठमाडौं सरकारी वकिल कार्यालयका प्रमुख सहन्यायाधिवक्ता रामहरी शर्मा काफ्लेले ११ जनालाई राजद्रोहको र थप ३१ जनालाई आपराधिक उपद्रवको कसुर लगाउन आँटिएको बताए ।
राजद्रोहको मुद्दा लागेकालाई आपराधिक उपद्रवको मुद्दा पनि हालिने उनको भनाइ छ ।



सम्वन्धित समाचार
सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
बारको शौचालयमा यौनसम्बन्ध राखेको आरोपपछि किशोरी पक्राउ
कांग्रेस इतर समूहको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने
शिक्षा समितिको बैठक आज पनि स्थगित
सार्वजनिक बिदाबारे अध्ययन गर्न कार्यदल गठन-दुई दिने बिदापछि बिदा पुनरावलोकन गरिँदै
स्पेनले उचाल्यो दोस्रो पटक विश्वकप