काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद धवलशमशेर राणा पक्राउ परेको सूचना संसद सचिवालय पुगेको छ।
राप्रपाका महामन्त्री समेत रहेका राणाको नेतृत्वमा रहेको ‘राजसंस्था पुनर्स्थापना संयुक्त जनआन्दोलन समिति’ को प्रदर्शन उग्र रुप लिएपछि हिजो प्रहरीले पक्राउ गरेको थियो।
सांसद राणा पक्राउ परेपछि हिजोकै मितीमा सूचना संसद सचिवालयमा आएको प्रवक्ता एकराम गिरीले बताए।
प्रतिनिधिसभा नियमावली अनुसार सांसद पक्राउ परेको सूचना आएपछि सभामुखले आइतबार बस्ने प्रतिनिधि सभाको बैठकलाई जानकारी गराउनेछन्।
बैठक भोलि बिहान ११ बजेका लागि बोलाइएको छ। ।



सम्वन्धित समाचार
सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
बारको शौचालयमा यौनसम्बन्ध राखेको आरोपपछि किशोरी पक्राउ
कांग्रेस इतर समूहको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने
शिक्षा समितिको बैठक आज पनि स्थगित
सार्वजनिक बिदाबारे अध्ययन गर्न कार्यदल गठन-दुई दिने बिदापछि बिदा पुनरावलोकन गरिँदै
स्पेनले उचाल्यो दोस्रो पटक विश्वकप