काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद धवलशमशेर राणा पक्राउ परेको सूचना संसद सचिवालय पुगेको छ।
राप्रपाका महामन्त्री समेत रहेका राणाको नेतृत्वमा रहेको ‘राजसंस्था पुनर्स्थापना संयुक्त जनआन्दोलन समिति’ को प्रदर्शन उग्र रुप लिएपछि हिजो प्रहरीले पक्राउ गरेको थियो।
सांसद राणा पक्राउ परेपछि हिजोकै मितीमा सूचना संसद सचिवालयमा आएको प्रवक्ता एकराम गिरीले बताए।
प्रतिनिधिसभा नियमावली अनुसार सांसद पक्राउ परेको सूचना आएपछि सभामुखले आइतबार बस्ने प्रतिनिधि सभाको बैठकलाई जानकारी गराउनेछन्।
बैठक भोलि बिहान ११ बजेका लागि बोलाइएको छ। ।



सम्वन्धित समाचार
ईश्वर पोखरेलले गरे अध्यक्षको उम्मेदवारी घोषणा
प्रतिनिधि सभा निर्वाचनका लागि एमालेले गर्यो दल दर्ता
अन्तरिम सरकारको पहिलो मन्त्रिपरिषद् बैठक जारी
सुविधा नलिने –अर्थमन्त्री हुनुअघि रामेश्वर खनालको शर्त
नवनियुक्त मन्त्रीहरूको शपथ ११ बजे हुने
मन्त्रिपरिषद् विस्तार : कुलमानलाई ऊर्जा, अर्थमा रामेश्वर, गृह मन्त्रालयमा ओमप्रकाशलाई जिम्मेवारी ?