काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिले देश एकढिक्का भएको जिकिर गर्दै कसैले चाहेर गणतन्त्र हट्न नसक्ने बताएका छन् ।
शनिबार लुम्बिनीमा नेपाली लेखक संघको आठौं अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै ज्ञानेन्द्रको संवैधानिक राजा बन्ने नेचर नै नभएको बताए।
उनले भने ‘‘हिजोको घटना जो काठमाडौंमा भयो, जसरी पूर्वराजाको नाममा हुलहुज्जत भयो । अराजक तरिकाले धेरै घटना भयो । स्पष्ट भन्नुपर्ने हुन्छ,’ देउवाले भने, ‘यी पूर्वराजा ज्ञानेन्द्र अहिले यस्तो गर्छन् भने राजा भए के गर्लान् ? यीनी कहिल्यै पनि संवैधानिक राजा बनेका पनि छैनन् । बन्ने पनि छैनन् । संवैधानिक राजा भन्न खोजेका पनि थिएनन्। बन्ने नेचर पनि छैन। सम्भावना छैन। गणतन्त्र उनले चाहेर हट्नेवाला पनि छैन।’
देउवाले देश गणतन्त्रको पक्षमा एकजुट रहेको जिकिर गरे।



सम्वन्धित समाचार
सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
बारको शौचालयमा यौनसम्बन्ध राखेको आरोपपछि किशोरी पक्राउ
कांग्रेस इतर समूहको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने
शिक्षा समितिको बैठक आज पनि स्थगित
सार्वजनिक बिदाबारे अध्ययन गर्न कार्यदल गठन-दुई दिने बिदापछि बिदा पुनरावलोकन गरिँदै
स्पेनले उचाल्यो दोस्रो पटक विश्वकप