काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिले देश एकढिक्का भएको जिकिर गर्दै कसैले चाहेर गणतन्त्र हट्न नसक्ने बताएका छन् ।
शनिबार लुम्बिनीमा नेपाली लेखक संघको आठौं अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै ज्ञानेन्द्रको संवैधानिक राजा बन्ने नेचर नै नभएको बताए।
उनले भने ‘‘हिजोको घटना जो काठमाडौंमा भयो, जसरी पूर्वराजाको नाममा हुलहुज्जत भयो । अराजक तरिकाले धेरै घटना भयो । स्पष्ट भन्नुपर्ने हुन्छ,’ देउवाले भने, ‘यी पूर्वराजा ज्ञानेन्द्र अहिले यस्तो गर्छन् भने राजा भए के गर्लान् ? यीनी कहिल्यै पनि संवैधानिक राजा बनेका पनि छैनन् । बन्ने पनि छैनन् । संवैधानिक राजा भन्न खोजेका पनि थिएनन्। बन्ने नेचर पनि छैन। सम्भावना छैन। गणतन्त्र उनले चाहेर हट्नेवाला पनि छैन।’
देउवाले देश गणतन्त्रको पक्षमा एकजुट रहेको जिकिर गरे।



सम्वन्धित समाचार
आगामी निर्वाचनमा २ लाख कर्मचारी परिचालन हुँदै
विशेष महाधिवेशन बन्दसत्रमा सभापति देउवा जाने कुनै कार्यक्रम छैन : सचिवालय
कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु: यस्तो छ, कार्यतालिका
कांग्रेस विशेष महाधिवेशनको पक्षमा ६२ प्रतिशत प्रतिनिधिद्वारा हस्ताक्षर
कांग्रेसभित्रको झगडा होइन, विचार र मान्यताको संघर्ष हो: गगन
जसपा नेपाल र लोसपाबीच एकीकरण, अध्यक्ष यादव, संरक्षकमा ठाकुर