काठमाडौं । नागरिक उड्डयन प्राधिकरण र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल टर्मिनल भवनको बिचमा पर्ने झाडीमा आन्दोलनकारीले लगाएको आगोका कारण शुक्रबार काठमाडौं विमानस्थल १ घन्टा २४ मिनेट बन्द भएको छ ।
विमानस्थल क्षेत्र आसपास राजावादी प्रदर्शनकारीले लगाएको आगोका कारण अवरुद्ध त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान सुचारु भएको छ ।
यद्यपि, विमानस्थलमा उडान/अवतरण व्यवस्थापन भने चापमा भइरहेको विमानस्थल स्रोतले जनाएको छ ।
आन्तरिक तथा वाह्य उडानका जहाजले केही फन्को मारेपछि मात्र अवतरणको पालो पाइरहेका छन् ।
शुक्रबार साँझ झन्डै एक घण्टा उडान अवरुद्ध भएको थियो । हवाई यात्रुलाई सुरक्षाकर्मीले परिचय पत्र र टिकटका आधारमा विमानस्थल जान सहजीकरण गरिरहेका छन् ।
प्रदर्शनकारीले विमानस्थल क्षेत्र आसपास आगो लगाएपछि सुरक्षाको कारण देखाउँदै एक घण्टा २४ मिनेट (दिउँसो ४:१३ बाट साँझ ५:३७ बजेसम्म) उडान रोकिएको थियो ।
प्रदर्शनकारीले प्राधिकरणको मुख्य कार्यालय सिनामंगल अगाडि आगो बालेका थिए । आगो विमानस्थल क्षेत्रभित्र समेत पसेसँगै सुरक्षाका कारण विमानस्थल बन्द गरिएको थियो ।



सम्वन्धित समाचार
सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
बारको शौचालयमा यौनसम्बन्ध राखेको आरोपपछि किशोरी पक्राउ
कांग्रेस इतर समूहको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने
शिक्षा समितिको बैठक आज पनि स्थगित
सार्वजनिक बिदाबारे अध्ययन गर्न कार्यदल गठन-दुई दिने बिदापछि बिदा पुनरावलोकन गरिँदै
स्पेनले उचाल्यो दोस्रो पटक विश्वकप