काठमाडौं । काठमाडौंमा आज भएको आगजनी, तोडफोड र लुटपाटको घटनामा मुख्य जिम्मेवार ठहर गर्दै दुर्गा प्रसाईंलाई पक्राउ गर्न सरकारले आदेश दिएको छ ।
भिडलाई उक्साएर अराजकता मच्चाएपछि प्रसाईं तीनकुनेबाट अपराह्न अबेर बाहिरिएका थिए । उनीविरुद्ध आजै यौनिक अल्पसंख्यक सुनिलबाबु पन्तले पनि साइबर अपराधमा उजुरी दर्ता गराएका छन् ।
प्रसाईंलाई पक्राउ गर्न प्रहरी परिचालन भइसकेको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी विश्व अधिकारीले नेपाल प्रेसलाई बताए ।
प्रहरीले आन्दोलनको अघिल्लो दिन केही व्यक्तिमाझ दुर्गा प्रसाईले आन्दोलनमा दमन गर्ने अवस्था ल्याउँने र एक दुई जना मान्छे मरेपछि नेताहरुका घर र पार्टी कार्यालयमा छिर्ने योजना बनाएको भिडिओ समेत भेटेपछि उनलाई पक्राउ गर्न लागिएको हो ।
सरकारले पूर्वराजा र दुर्गा प्रसाईंलाई आजको तोडफोड, आगजनी र लुटपाटपमा जिम्मेवार ठहर गरेको छ ।



सम्वन्धित समाचार
सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
बारको शौचालयमा यौनसम्बन्ध राखेको आरोपपछि किशोरी पक्राउ
कांग्रेस इतर समूहको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने
शिक्षा समितिको बैठक आज पनि स्थगित
सार्वजनिक बिदाबारे अध्ययन गर्न कार्यदल गठन-दुई दिने बिदापछि बिदा पुनरावलोकन गरिँदै
स्पेनले उचाल्यो दोस्रो पटक विश्वकप