काठमाडौं । आज काठमाडौंमा हुने विभिन्न प्रदर्शनका क्रममा प्रहरीले उच्च सुरक्षा सतर्कता अपनाउने भएको छ ।
राजावादीहरुको नेतृत्व पूर्वराजा पक्षीय दुर्गा प्रसाईँहरूले चक्रपथ भित्र प्रवेश नपाउने र समाजवादी मोर्चाका प्रदर्शनकारीले चक्रपथबाहिर निस्कन नपाउने गरी सुरक्षा योजना बनेको प्रहरी स्रोतले जनाएको छ ।
शुक्रवार राजसंस्था पक्षधरले कोटेश्वर र समाजवादी मोर्चाले भृकुटीमण्डपमा प्रदर्शनको आयोजना गरेका छन् ।
केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी दिनेश आचार्यका अनुसार उच्च सतर्कताका साथ सुरक्षा योजना बनाइएको छ । त्यसअन्तर्गत उपत्यकाका विभिन्न भागमा ४ हजारभन्दा बढी प्रहरी परिचालन गरिने भएको छ ।
नेपाल प्रहरीले रानीपोखरी र भद्रकाली क्षेत्रमा मात्रै ३ हजार जनशक्ति तैनाथ गर्दैछ । यसबाहेक काठमाडौंमा अवस्थित विभिन्न गण र गुल्मबाट थप ११ सय १६ प्रहरी जनशक्ति परिचालन गर्ने तयारी छ ।
प्रदर्शनका क्रममा काठमाडौं उपत्यकाको सवारी आवागमन प्रभावित हुने उपत्यका ट्राफिक प्रमुख एसएसपी विनोद घिमिरेले बताए ।
वैकल्पिक ट्राफिक व्यवस्थापन (डाइभर्सन)० का विषयमा शुक्रवार ११ बजेपछि योजना बनाइने भएको उनले बताए ।



सम्वन्धित समाचार
राजीनामा दिँदै सञ्चारमन्त्री खरेल: रास्वपाबाट निर्वाचन लड्दै
सूर्य चिन्ह जिताउन लागौँ, समीक्षा चुनावपछि गरौँला: योगेश भट्टराई
मन्त्री गुप्ताले दिए राजीनामा
नेपाल प्रहरीका ८ डीआईजीको सरुवा
मधेस आन्दोलनका सहिदप्रति बालेनले गरे माल्यार्पण
निर्वाचन आयोगले दियो गगन–विश्व समूहलाई कांग्रेसको मान्यता