काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ‘राजाले कू गर्छन् भनेजस्तो हाम्रो राष्ट्रपतिले कू गर्न सक्दैनन् बताएका छन्। पूर्वराजा ज्ञानेन्द्र शाहप्रति लक्षित गर्दै रहर गरेर राजतन्त्र पुन:स्थापित नहुने बताएका हुन् ।
बिहीबार पार्टी केन्द्रीय कार्यालयमा पार्टीको मानवअधिकार विभागले आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
सभापति देउवाले बीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला लगायतका धेरै नेपालीले लडेर नेपालमा लोकतान्त्रिक गणतन्त्र स्थापना गरेको भन्दै अब यो व्यवस्था हट्न नसक्ने दाबी गरे ।
‘कसैले रहर गरेर हुने कुरा छैन । संविधानसभामार्फत सम्पूर्ण नेपाली जनताको इच्छाअनुसार गणतन्त्र आएको हो । यो हट्नेवाला छैन, हट्ने कुरा पनि छैन,’ उनले भने ।
उनले गणतन्त्रलाई नेपाली जनताले मानिसकेको बताउँदै यही व्यवस्थाका कारण देशमा समावेशी, समानुपातिक प्रतिनिधित्वसहितको संविधान बनेको बताए ।
उनले भने, कुनै हालतमा पनि प्रजातन्त्र हट्ने कुरा छैन । यो प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र छ, यसलाई स्थायी गराउने काममा लाग्नुपर्छ ।



सम्वन्धित समाचार
आगामी निर्वाचनमा २ लाख कर्मचारी परिचालन हुँदै
विशेष महाधिवेशन बन्दसत्रमा सभापति देउवा जाने कुनै कार्यक्रम छैन : सचिवालय
कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु: यस्तो छ, कार्यतालिका
कांग्रेस विशेष महाधिवेशनको पक्षमा ६२ प्रतिशत प्रतिनिधिद्वारा हस्ताक्षर
कांग्रेसभित्रको झगडा होइन, विचार र मान्यताको संघर्ष हो: गगन
जसपा नेपाल र लोसपाबीच एकीकरण, अध्यक्ष यादव, संरक्षकमा ठाकुर