काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ‘राजाले कू गर्छन् भनेजस्तो हाम्रो राष्ट्रपतिले कू गर्न सक्दैनन् बताएका छन्। पूर्वराजा ज्ञानेन्द्र शाहप्रति लक्षित गर्दै रहर गरेर राजतन्त्र पुन:स्थापित नहुने बताएका हुन् ।
बिहीबार पार्टी केन्द्रीय कार्यालयमा पार्टीको मानवअधिकार विभागले आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
सभापति देउवाले बीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला लगायतका धेरै नेपालीले लडेर नेपालमा लोकतान्त्रिक गणतन्त्र स्थापना गरेको भन्दै अब यो व्यवस्था हट्न नसक्ने दाबी गरे ।
‘कसैले रहर गरेर हुने कुरा छैन । संविधानसभामार्फत सम्पूर्ण नेपाली जनताको इच्छाअनुसार गणतन्त्र आएको हो । यो हट्नेवाला छैन, हट्ने कुरा पनि छैन,’ उनले भने ।
उनले गणतन्त्रलाई नेपाली जनताले मानिसकेको बताउँदै यही व्यवस्थाका कारण देशमा समावेशी, समानुपातिक प्रतिनिधित्वसहितको संविधान बनेको बताए ।
उनले भने, कुनै हालतमा पनि प्रजातन्त्र हट्ने कुरा छैन । यो प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र छ, यसलाई स्थायी गराउने काममा लाग्नुपर्छ ।



सम्वन्धित समाचार
सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
बारको शौचालयमा यौनसम्बन्ध राखेको आरोपपछि किशोरी पक्राउ
कांग्रेस इतर समूहको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने
शिक्षा समितिको बैठक आज पनि स्थगित
सार्वजनिक बिदाबारे अध्ययन गर्न कार्यदल गठन-दुई दिने बिदापछि बिदा पुनरावलोकन गरिँदै
स्पेनले उचाल्यो दोस्रो पटक विश्वकप