काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले भोलि (शुक्रबार) हुने प्रदर्शनमा कुनै सुरक्षाको कमी नहुन उपत्यकाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र प्रहरी प्रमुखलाई निर्देशन दिएको छ ।
उपत्यकाको सुरक्षा व्यवस्थाको सम्बन्धमा काठमाडौं र ललितपुरका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख र नेपाल प्रहरीको मानव अधिकार सेलका प्रतिनिधिसँग बिहीबार छलफल भएको आयोगका प्रवक्ता एवं सहसचिव टीकाराम पोखरेलले जानकारी दिए ।
छलफलका क्रममा सुरक्षा अधिकारीहरुले शान्ति सुरक्षाको अवस्थालाई व्यवस्थित गर्न उपत्यकाका सबै सुरक्षा निकाय र प्रदर्शनकारीका प्रतिनिधिसँग समेत छलफल गरेर सुरक्षा योजना तयार पारिएको ब्रिफिङ गरेका थिए ।
आयोगका अध्यक्ष तपबहादुर मगरले शान्तिसुरक्षालाई व्यवस्थित गर्न र शान्ति सुरक्षाको प्रबन्ध मिलाउँदा मानव अधिकारका मूल्य मान्यतालाई आत्मसाथ गर्न निर्देशन गरेको प्रवक्ता पोखरेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
आयोगले विभिन्न टोलीहरू बनाएर शुक्रबारको प्रदर्शनीको मानव अधिकारको कोणबाट अनुगमन समेत गर्ने बताएको छ ।
भोलि काठमाडौंमा गणतन्त्र पक्षधर र राजावादी समर्थकबीच छुट्टाछुट्टै प्रदर्शन हुँदैछ । उक्त प्रदर्शनमा हुनसक्ने मुठभेडलाई लिएर प्रहरीले सुरक्षा सतर्कता बढाएको छ ।
प्रदर्शनीका क्रममा दुवै पक्ष आमनेसामने हुने स्थिति सिर्जना भएमा त्यसबाट उत्पन्न हुनसक्ने परिस्थितिले शान्तिसुरक्षामा समेत चुनौती थप्न सक्ने अवस्थाप्रति आयोगले चासो व्यक्त गरेको हो ।




सम्वन्धित समाचार
सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
बारको शौचालयमा यौनसम्बन्ध राखेको आरोपपछि किशोरी पक्राउ
कांग्रेस इतर समूहको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने
शिक्षा समितिको बैठक आज पनि स्थगित
सार्वजनिक बिदाबारे अध्ययन गर्न कार्यदल गठन-दुई दिने बिदापछि बिदा पुनरावलोकन गरिँदै
स्पेनले उचाल्यो दोस्रो पटक विश्वकप