काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारले विद्युत प्राधिकरणबाट कुलमान घिसिङलाई हटाउने निर्णयको विरोध गरेका छन् ।
संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै महामन्त्री शर्माले केही महिनामात्र पदावधि भएको कर्मचारीलाई हटाउन आवश्यक नभएको तर्क गरे ।
अहिले चर्को असन्तुष्टि भइरहेको बेला जनतालाई विश्वासमा लिने कुरातर्फ ध्यान दिनुपर्नेमा उल्टो भएको उनको टिप्पणी छ । कुलमानको विषयलाई अब सदन अवरुद्ध हुँदा सरकारले ल्याएको अध्यादेशको प्रतिस्थापन विधेयक अलपत्र पर्ने भएकाले त्यसतर्फ पनि नसोचेको शर्माले बताए ।
उनले भने, ‘पार्टीका दुई महामन्त्रीमाथि पनि नागरिक पंक्ति, सामाजिक सञ्जाल र मिडियाहरूबाट हामीले हेरेका छौं । पार्टीको पदाधिकारी बैठकमा पनि हामीले हटाउन हुँदैन भनेर मन्त्री र प्रधानमन्त्रीलाई पनि ध्यानाकर्षण गराएका थियौँ । तर, पनि यो निर्णय भयो । कांग्रेसका मन्त्रीहरू महामन्त्री अन्तर्गत नै हुन्छन् ।’
उनले कुलमान हटाउने विषय अदालतमा गइसकेकाले प्रधानमन्त्रीले जवाफ दिनुपर्छ भनेर अब संसद अवरोध गरिराख्न उचित नहुने बताए ।



सम्वन्धित समाचार
सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
बारको शौचालयमा यौनसम्बन्ध राखेको आरोपपछि किशोरी पक्राउ
कांग्रेस इतर समूहको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने
शिक्षा समितिको बैठक आज पनि स्थगित
सार्वजनिक बिदाबारे अध्ययन गर्न कार्यदल गठन-दुई दिने बिदापछि बिदा पुनरावलोकन गरिँदै
स्पेनले उचाल्यो दोस्रो पटक विश्वकप