काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारले विद्युत प्राधिकरणबाट कुलमान घिसिङलाई हटाउने निर्णयको विरोध गरेका छन् ।
संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै महामन्त्री शर्माले केही महिनामात्र पदावधि भएको कर्मचारीलाई हटाउन आवश्यक नभएको तर्क गरे ।
अहिले चर्को असन्तुष्टि भइरहेको बेला जनतालाई विश्वासमा लिने कुरातर्फ ध्यान दिनुपर्नेमा उल्टो भएको उनको टिप्पणी छ । कुलमानको विषयलाई अब सदन अवरुद्ध हुँदा सरकारले ल्याएको अध्यादेशको प्रतिस्थापन विधेयक अलपत्र पर्ने भएकाले त्यसतर्फ पनि नसोचेको शर्माले बताए ।
उनले भने, ‘पार्टीका दुई महामन्त्रीमाथि पनि नागरिक पंक्ति, सामाजिक सञ्जाल र मिडियाहरूबाट हामीले हेरेका छौं । पार्टीको पदाधिकारी बैठकमा पनि हामीले हटाउन हुँदैन भनेर मन्त्री र प्रधानमन्त्रीलाई पनि ध्यानाकर्षण गराएका थियौँ । तर, पनि यो निर्णय भयो । कांग्रेसका मन्त्रीहरू महामन्त्री अन्तर्गत नै हुन्छन् ।’
उनले कुलमान हटाउने विषय अदालतमा गइसकेकाले प्रधानमन्त्रीले जवाफ दिनुपर्छ भनेर अब संसद अवरोध गरिराख्न उचित नहुने बताए ।



सम्वन्धित समाचार
आगामी निर्वाचनमा २ लाख कर्मचारी परिचालन हुँदै
विशेष महाधिवेशन बन्दसत्रमा सभापति देउवा जाने कुनै कार्यक्रम छैन : सचिवालय
कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु: यस्तो छ, कार्यतालिका
कांग्रेस विशेष महाधिवेशनको पक्षमा ६२ प्रतिशत प्रतिनिधिद्वारा हस्ताक्षर
कांग्रेसभित्रको झगडा होइन, विचार र मान्यताको संघर्ष हो: गगन
जसपा नेपाल र लोसपाबीच एकीकरण, अध्यक्ष यादव, संरक्षकमा ठाकुर