काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नो र पार्टीको पूर्ण साथ समर्थन रहेको प्रष्ट पारेका छन् ।
सुजाता कोइरालाको आत्मकथा म र मेरो सानुबुबा नामक पुस्तक लोकार्पण समारोहमा प्रधानमन्त्री समेत उपस्थित भएको अवसरमा सभापति देउवाले प्रधानमन्त्रीलाई साथ समर्थन रहेको बताएका हुन् ।
महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा र नेता डा.शेखर कोइराला लगायतले कुलमान घिसिङलाई हटाएको निर्णयको स्वामित्व कांग्रेसले लिन नहुने बताइरहेका बेला देउवाले प्रधानमन्त्रीलाई साथ रहेको बताए ।
देउवाले भने- प्रधानमन्त्री ओलीजी र म जेलदेखिकै साथी हौं । हामी त जेलभित्रको पनि जेल गोलघरमा सँगै थियौं ।
त्यसबेलादेखिकै सम्बन्ध राम्रो छ । अहिले पनि राम्रोसँग अघि बढेर जाँदैछौं । अहिले सत्तामा सहकार्य गरिरहेका छौं । कांग्रेसबाट उहाँलाई पूरा समर्थन छ ।



सम्वन्धित समाचार
१८ दिनपछि खुल्यो कृष्णभीरको सडक,
शोक, आक्रोश र प्रश्नको गीत ‘ए नदी, ए हिमाल’
चिलिमेको सुरूङमा फसेकाहरू सकुशल हुनसक्ने आशामा जागेको छ– कुलमान घिसिङ
महाधिवेशन एक दिन पनि तलमाथि हुँदैन : गगन थापा
भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण
उद्योगमन्त्रीमा सुनसरी-४ का सांसद दीपक कुमार साह नियुक्त हुँदै