काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नो र पार्टीको पूर्ण साथ समर्थन रहेको प्रष्ट पारेका छन् ।
सुजाता कोइरालाको आत्मकथा म र मेरो सानुबुबा नामक पुस्तक लोकार्पण समारोहमा प्रधानमन्त्री समेत उपस्थित भएको अवसरमा सभापति देउवाले प्रधानमन्त्रीलाई साथ समर्थन रहेको बताएका हुन् ।
महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा र नेता डा.शेखर कोइराला लगायतले कुलमान घिसिङलाई हटाएको निर्णयको स्वामित्व कांग्रेसले लिन नहुने बताइरहेका बेला देउवाले प्रधानमन्त्रीलाई साथ रहेको बताए ।
देउवाले भने- प्रधानमन्त्री ओलीजी र म जेलदेखिकै साथी हौं । हामी त जेलभित्रको पनि जेल गोलघरमा सँगै थियौं ।
त्यसबेलादेखिकै सम्बन्ध राम्रो छ । अहिले पनि राम्रोसँग अघि बढेर जाँदैछौं । अहिले सत्तामा सहकार्य गरिरहेका छौं । कांग्रेसबाट उहाँलाई पूरा समर्थन छ ।



सम्वन्धित समाचार
सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
बारको शौचालयमा यौनसम्बन्ध राखेको आरोपपछि किशोरी पक्राउ
कांग्रेस इतर समूहको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने
शिक्षा समितिको बैठक आज पनि स्थगित
सार्वजनिक बिदाबारे अध्ययन गर्न कार्यदल गठन-दुई दिने बिदापछि बिदा पुनरावलोकन गरिँदै
स्पेनले उचाल्यो दोस्रो पटक विश्वकप