बाजुरा : जगन्नाथ गाउँपालिकामा व्यवसाय सञ्चालनका लागि पालिकामा दर्ता अनिवार्य गर्नुपर्ने भएको छ। गाउँमा आफूखुसी व्यवसाय सञ्चालन गर्ने र मनोमानी होटल पसल चलाउने गरेको पाइएकोले पालिकाले दर्ता अनिवार्य गरेर मात्रै सञ्चालन गर्न भनेको जगन्नाथ गाँउपालिकाले जनाएको छ ।
राज्यले नै पाना नम्बर विना वा दर्ता नगरि व्यवसाय सञ्चालन गर्न नपाउने प्रावधान छ । तर दुर दराजका गाउँमा सबै प्रकारका उपभोग्य समान एउटै पसलमा राख्ने र कुनै पसल पनि दर्ता नगरि सञ्चालन गर्ने परिपार्टी हाबी हुने गरेको छ । गाँउापलिकाको कार्यालयका अनुसार राज्यलाई कर पनि नतिर्ने, विक्री के गर्ने के नगर्ने मापदण्ड नै पुरा नगरेको पाइएकोले दर्ता अनिवार्य गराइएको बताइको छ ।
विष्टकै सक्रियतामा बजार अनुगमन कार्य तिब्र पारिएको छ । गाउँमा प्रहरी प्रशासनको पहुँच नरहने र आफू खुसी नुन देखि सुन सम्म व्यवसाय एक्लैले सञ्चालन गर्ने प्रवृत्तिको अन्त्य गर्न र सबै व्यवसायीलाई पालिकाको करको दायरामा ल्याउन दर्ता अनिवार्य गराउने नीति लिएको प्रशासन शाखा प्रमुख राजेन्द्र प्रसाद जैशीले बताएका छन् ।
जगन्नाथका मर्मा, पीलुचौर, जुड्डी सहीतका बजारमा पालिका उपाध्यक्ष मरुकला विष्ट नेतृत्वको टोलीले अनुगमन गरिरहेको छ । पौष २४ गतेदेखि छड्के अनुगमन कार्य जारी राखिएको प्रमुख प्रशासकीय अधिकृत रविन्द्र बहादुर शाहीले जानकारी दिएका छन् ।
व्यवसाय दर्ता गराउनु पर्ने थाह भएर पनि कतिपयले आफू खुसी नगरेका र गरेकाहरुले पनि पालिकामा दर्ता गराउन नमानेको अवस्थामा कडाइ गरिएको उपाध्यक्ष मरुकला विष्टले बताएकी छन् । एउटै पसलमा नुनदेखि सुनसम्म मदिरा देखि मुलासम्म विक्री हुने भएकोले सबैकुराको कडाइ र निगरानी गर्न पालिका सक्रिय देखिएको हो ।
प्रहरी चौकी कुन्नाको प्रहरी टोली सहीतलाई लिएर पालिकाले सचेत गराउने, जानकारी दिने, दर्ता गराउन फारम वितरण गर्ने र मिति तोकेर दिने नगराएर कारवाही प्रक्रिया अघि बढाउने चेतावनी समेत दिएको छ । माघ महिनाको १० गते भित्र अनिवार्य पालिकामा दर्ता गराउन म्याद तोकिएको छ । २ दिन भित्र दर्ता नगराएका पसललाई आवश्यक कारवाही प्रक्रिया अघि बढाउने तयारीमा पालिका देखिएको छ ।
पालिकाले उपाध्यक्ष मरुकला विष्ट संयोजक रहने गरि, प्रमुख प्रशासकीय अधिकृत, रविन्द्रबहादुर शाही, प्रशासन सहायक राजेन्द्र प्रसाद जोशी, राजश्व शाखा प्रमुख उब्ज सार्की, कुन्ना प्रहरी चौकीका प्रतिनिधी, बजार प्रतिनिधी बर्तराज उपाध्याय सहितको समिति समेत बनाएको छ ।
पालिका भित्रका रहेक गतिविधी र व्यवसायलाई करको दायरामा ल्याउन र नागरिक प्रति जिम्मेवार, कानुन प्रति बफादार बनाउन जगन्नाथ गाउँपालिका निर्मम तरिकाले अघि बढ्ने योजनामा देखिएको छ । उसोत बजार अनुगमनका क्रममा म्याद नाघेका खाद्य बस्तु पनि बरामत गरि नष्ट गर्ने गरिएको छ ।



सम्वन्धित समाचार
“विद्यालय रूपान्तरणतर्फ बागमतीको कदम : १५० शिक्षकलाई बालमैत्री प्रशिक्षण”
नागरिक समाजको खबरदारी पत्र : ५ लाख रोजगारी र पर्यावरणीय समाजवादको माग
टर्किस जहाजमा प्राविधिक समस्या, ढाका ‘डाइभर्ट’
कांग्रेसको प्रतिज्ञा पत्र केन्द्रीय समितिबाट सर्वसम्मत पारित
राष्ट्रपतिबाट राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य
व्यापारीले ग्यास लुकाउन थालेपछि आयल निगम आफैंले बेच्न थाल्यो