काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई बर्खास्त गर्ने तथा हितेन्द्रदेव शाक्यलाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय अझै प्रमाणित भएको छैन ।
सोमबार साँझ बसेको मन्त्रिपरिषद्को निर्णय मुख्यसचिवले प्रमाणित गर्न बाँकी नै रहेकाले कार्यकारी निर्देशक घिसिङले बर्खास्तीको पत्र अझै प्राप्त गर्न सकेका छैनन् । साथै, सोमबारै प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त हितेन्द्रदेव शाक्यले पनि नियुक्तिको पत्र पाएका छैनन् ।
मन्त्रिपरिषद्को निर्णय मुख्य सचिवले प्रमाणित गरेर मन्त्रालयमा पठाएपछि त्यो कार्यान्वयनमा जान्छ । तर, निर्णय प्रमाणित गर्न ढिलाइ भएकाले दुवैलाई पत्र दिन नसकिएको एक सरकारी अधिकृतले बताए ।
बर्खास्तीको पत्र नपाए पनि घिसिङ मंगलबार प्राधिकरणमा उपस्थित भएका छैनन्



सम्वन्धित समाचार
कांग्रेस विशेष महाधिवेशनको पक्षमा ६२ प्रतिशत प्रतिनिधिद्वारा हस्ताक्षर
कांग्रेसभित्रको झगडा होइन, विचार र मान्यताको संघर्ष हो: गगन
जसपा नेपाल र लोसपाबीच एकीकरण, अध्यक्ष यादव, संरक्षकमा ठाकुर
गगन-विश्वले गरे विशेष महाधिवेशन उद्घाटन
रास्वपासँग एकता भाँडिएसँगै कुलमान बने उज्यालो नेपाल पार्टीको अध्यक्ष
रुकुम पूर्वबाट चुनाव लड्ने प्रचण्डको घोषणा