काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई बर्खास्त गर्ने तथा हितेन्द्रदेव शाक्यलाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय अझै प्रमाणित भएको छैन ।
सोमबार साँझ बसेको मन्त्रिपरिषद्को निर्णय मुख्यसचिवले प्रमाणित गर्न बाँकी नै रहेकाले कार्यकारी निर्देशक घिसिङले बर्खास्तीको पत्र अझै प्राप्त गर्न सकेका छैनन् । साथै, सोमबारै प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त हितेन्द्रदेव शाक्यले पनि नियुक्तिको पत्र पाएका छैनन् ।
मन्त्रिपरिषद्को निर्णय मुख्य सचिवले प्रमाणित गरेर मन्त्रालयमा पठाएपछि त्यो कार्यान्वयनमा जान्छ । तर, निर्णय प्रमाणित गर्न ढिलाइ भएकाले दुवैलाई पत्र दिन नसकिएको एक सरकारी अधिकृतले बताए ।
बर्खास्तीको पत्र नपाए पनि घिसिङ मंगलबार प्राधिकरणमा उपस्थित भएका छैनन्



सम्वन्धित समाचार
सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
बारको शौचालयमा यौनसम्बन्ध राखेको आरोपपछि किशोरी पक्राउ
कांग्रेस इतर समूहको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने
शिक्षा समितिको बैठक आज पनि स्थगित
सार्वजनिक बिदाबारे अध्ययन गर्न कार्यदल गठन-दुई दिने बिदापछि बिदा पुनरावलोकन गरिँदै
स्पेनले उचाल्यो दोस्रो पटक विश्वकप