काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मन्त्रिपरिषद् बैठक बसिरहेको छ । बैठक सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
साँझ साढे ५ बजेका लागि बोलाइएको बैठक केहीबेर ढिलोगरी सुरु भएको हो ।
प्रधानमन्त्रीको सचिवालय स्रोतका अनुसार दैनिक प्रशासनिक कामकारबाहीका साथै केही सरुवा बढुवाका सम्बन्धमा निर्णय गर्ने बैठकको एजेण्डा रहेको छ । मन्त्रिपरिषद् बैठकअघि तीन मुख्य दलका शीर्ष नेताहरूबीच भेटवार्ता भएको थियो ।
बैठक बस्नुअघि तीन मुख्य दलका शीर्ष नेतासहितको बैठक बसेको थियो । सोही बैठकका कारण केहीबेर ढिलोगरी मन्त्रिपरिषद् बैठक सुरु भएको हो ।



सम्वन्धित समाचार
सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
बारको शौचालयमा यौनसम्बन्ध राखेको आरोपपछि किशोरी पक्राउ
कांग्रेस इतर समूहको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने
शिक्षा समितिको बैठक आज पनि स्थगित
सार्वजनिक बिदाबारे अध्ययन गर्न कार्यदल गठन-दुई दिने बिदापछि बिदा पुनरावलोकन गरिँदै
स्पेनले उचाल्यो दोस्रो पटक विश्वकप