काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मन्त्रिपरिषद् बैठक बसिरहेको छ । बैठक सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
साँझ साढे ५ बजेका लागि बोलाइएको बैठक केहीबेर ढिलोगरी सुरु भएको हो ।
प्रधानमन्त्रीको सचिवालय स्रोतका अनुसार दैनिक प्रशासनिक कामकारबाहीका साथै केही सरुवा बढुवाका सम्बन्धमा निर्णय गर्ने बैठकको एजेण्डा रहेको छ । मन्त्रिपरिषद् बैठकअघि तीन मुख्य दलका शीर्ष नेताहरूबीच भेटवार्ता भएको थियो ।
बैठक बस्नुअघि तीन मुख्य दलका शीर्ष नेतासहितको बैठक बसेको थियो । सोही बैठकका कारण केहीबेर ढिलोगरी मन्त्रिपरिषद् बैठक सुरु भएको हो ।



सम्वन्धित समाचार
चौथोपटक मन्त्रिपरिषद् विस्तार हुँदै
नेकपा एमालेको सचिवालय बैठक बस्दै: विधान संशोधन प्रस्ताव लैजाने तयारी
सेनामा प्राविधिकसहित ३८८ जनाका लागि भर्ना खुल्यो
जेन-जी प्रतिनिधि र सरकारबीच १० बुँदे सहमति
लेक्स नेपालद्वारा नवाेदित कानुन व्यवसायी सम्मानित, ‘सिक्ने–सिकाउने’ संस्कृतिको साझा केन्द्र बन्दै संस्था
एनपीएल: आज दुई खेल हुँदै